२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, साउन १४, २०७८    ८:४७:४३

मोरङ । मोरङको सुन्दरहरैँचास्थित विराट चोकको एउटा सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्ने समूह प्रहरीको फन्दामा परेको छ ।
सुन्दरहरैँचा नगरपालिका–१० मा खगेन्द्र थापाले आफ्नै घरमा सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा लुटपाटको असफल प्रयास गर्ने समूह अत्याधुनिक हतियारसहित मङ्गलबार राति पक्राउ परेको हो । लुटपाटको प्रयास गर्ने समूहका पाँच जनालाई घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मास्क लगाएर आएको समूहले गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेको थियो ।
पक्राउ पर्नेमा संखुवासभा साभापोखरी ४ घर भई इटहरी–२० तरहरा डेरा गरी बस्ने ३९ वर्षिय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरी गढी गाउापालिका वडा नं. १ बस्ने ४५ वर्षीय डाईमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभा बाह्रूबिसे गाउँपालिका ६ घर भई इटहरी २० तरहरा डेरा गरी बस्ने ३० वर्षिय चीरञ्जीवी राई, मोरङ सुन्दरहरैँचा ५ बस्ने २२ वर्षीय मिशन राई भोजपुर पौवादुम्मा गाउँपालिका ३ घर भई इटहरी तरहरा डेरा गरी बस्ने ३० वर्षिय नगेन्द्र राई र मोरङको सुन्दर हरैँचा ७ बस्ने ३१ वर्षिय सन्तोष राई रहेका छन् ।
पक्राउ परेकाको साथबाट अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी (मेसिनगन), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल तथा ७० राउण्डजति विभिन्न हतियारका गोली बरामद भएको प्रहरीले जनाएको छ । लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर आतङ्कित एवं त्रसित बनाउँदै उक्त समूह भागेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com