अविन मेयाङ्गवो,२४भाद्र,दमक/दमकको आकाशे पुल मुनि बिबेकशिल साझा पार्टी युवा संगठन प्रदेश न.०१ले शान्तिपुर्ण ढंगमा एम.सि.सि बिरोध कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रम प्रदेश न.०१ युवा संगठन संयोजक प्रसान्त ढकाल,अभियान बिभाग बिषम्भर दाहाल,दमक संयोजक रेवत चन्द्र भण्डारी, झापा सह-संयोजक जय बिमली,जिल्ला सदस्यहरु तिर्थ राज चाम्लिङ राई,तेज कुमार श्रेष्ठ ,भवनी साप्कोटा र नगर सदस्य हरुको उपस्थितिमा सम्पन्न भएको हो।
नो एम.सि.सि,एम.सि.सि चाहिदैन देश बेच्न पाइदैन,रिजेक्ट एम.सि.सि लगायत लेखेका प्ले-कार्डहरु लिएर शान्तिपुर्ण प्रदर्शनमा उनिहरु उत्रेका हुन।यो भन्दा अघि पनि यस पार्टीले विभिन्न स्थानमा एम.सि.सि बिरोधी कार्यक्रम सम्पन्न गरिसकेका छ्न ।
केही दिन अघि मात्र नेपाल सरकार गृह मन्त्रालयले यस्तो बिज्ञापति निकालेको थियो:-
हालैका दिनमा मित्रराष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधिहरु प्रति नेपाल सरकारको गम्भिर ध्यानाकर्षण भएको छ । विकास आयोजना कार्यान्वयनमा असुरक्षा महशुस हुने तथा मित्रराष्ट्रहरुसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ । त्यस्ता अभिव्यक्ति र गतिविधिहरूको मन्त्रालयले सुक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानून बमोजिम कडा कारवाही समेत गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ ।