२०७८ मंसिर २२, बुधबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, कार्तिक ०४, २०७८    २१:४०:५७

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई राखेको बिदाइमा खेलाडिनै अनुपस्थित भएका छन्  । सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईबा वल्र्ड बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई खेल पोशाकसहित बिदाइ गर्ने कार्यक्रम तय गरेको थियो । त्यसका लागि संघले नेपाल बक्सिङ संघलाई पत्राचार समेत गरेको थियो । तर, कार्यक्रममा न खेलाडी सहभागी भए न त प्रशिक्षक नै ।

खेलाडी अनुपस्थित भए पनि लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङले लोकतान्त्रिक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको र उनीहरुको हक अधिकारका लागि सदैव अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ खेल्न शुभकामना दिए । उनले खेलाडीहरुको मनोबल उच्च राख्नका लागि विभिन्न नगद पुरस्कारको घोषणा समेत गरे । उनले प्रत्येक बाउट जिते बापत २५ हजार, स्वर्ण जितेमा १ लाख ५० हजार, रजतका लागि एक लाख र कांस्य पदक प्राप्त गरेमा ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरे ।
खेलाडीहरु अनुपस्थित भएपछि च्याम्पियनसिपमा सहभागिता जनाउने चार खेलाडी र प्रशिक्षकका लागि प्रदान गर्न लागिएको खेल पोशाक संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठ हस्तान्तरण गरिएको थियो ।
बक्सिङ संघले खेल भावनाविरुद्ध काम गरेको भन्दै नेपाल लोकतान्त्रिक खेलकुद संघले घोर भत्र्सना गर्दै आपत्ति जनाएको छ । लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशका अध्यक्ष गुरुङले बक्सिङ संघको गैरजिम्मेवार र स्वच्ेछाचारी कार्यका विरुद्ध सम्वन्धित निकायलाई ध्यानाकर्षण गर्दै कारवाहीका लागि पहल गर्ने बताए । उनले आफू पनि नेपाल बक्सिङ संघको पूर्व महासचिव भएको भन्दै संघले खेलाडीहरुलाई राजनीतिमा मुछेको र संघले विधान विपरित कामहरु गरेको कारण संघका पदाधिकारीहरुबीच पनि बैमनस्यता देखिएको बताए ।

कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष राजीव श्रेष्ठले खेलकुदजस्तो स्वच्छ ठाउँलाई नेपाल बक्सिङ संघको अहिलेको कार्यसमितिले घरायसी संघका रुपमा सञ्चालन गरेको र खेलाडीलाई खेल भावनाविरुद्ध परिचालन गरेको आरोप लगाए ।
कार्तिक ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई, ६७ केजीमा सनिल शाही र ६३.५ केजीमा भूपेन्द्र थापामगरले प्रतिस्पर्धा गर्दै छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com