रेडियो झापा सम्बाददाता,२० मंसिर,दमक सोमबार नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा नेपाल खेलकुद महासघं समाजबादीले गरेको छ। भेलामा बोल्दै १.न.प्रदेशको मुख्यमन्त्री समेत रहेको राजेन्द्र राइले विभिन्न समयमा क्रान्ती भए पनि ठोस परिवर्तन नभएको अझ खेल क्षेत्रमा त खेलाडीहरुको समस्या जीउको तीउ रहेको बताए। उनले पार्टी अध्यक्ष नेपाललाइ हेर्दै अब खेलाडीहरुलाइ परिवर्तनको अनुभुती दिलाउन नेकपा एसको महत्वपूर्ण भुमिका रहने बिश्वस्त रहेको बताए।हाम्रै पुर्ब अध्यक्ष तत्कालीन नेकपा एमालेको अध्यक्ष ओलिले आफुहरु बहुमतमा हुदाहुदै पनि त्यो अनुभुती खेलाडीलाई दिलाउन नसकेको प्रती खेलाडीहरुसंग माफी समेत मागेका छन। उनले जनबादी शिक्षाको कुरालाइ जोड्दै नेकपा एस सम्बद्द अनेरास्ववियुलाई जनबादी शिक्षा अर्थात ज्ञान दिने,ज्ञानी बनाउने र अर्लि बनाउन प्रक्रियामा अघि बढ्न समेत निर्देशन दिएका छन। भेलालाइ सम्बोधन गर्दै राइले संघीय प्रणालीको सहि अभ्यास नेपालमा नभएको तर संबिधानना संघीय,धर्म निरिपेक्ष, लोकतान्त्रिक,गणतान्त्रिक राष्ट्र भनियो तर व्यबहारमा संघीयता देखिएन।पैसा चाहिँ सबै केन्द्रमा राख्ने अनि प्रदेशलाई जहिले पङ्गु बनाउने,यो प्रवृत्ति कहिलेसम्म उनले प्रश्न गरे? उनले आक्रोसित भाबमा न सिडियो चलाउने अधिकार,न प्रहरी संचालन गर्ने अधिकार,हामीलाई त प्रदेश सचिब,प्रदेशिक कर्मचारी नियुक्त गर्ने अधिकार समेत दिएको छैन, हामीलाई पङ्गु बनाउने? त्यसतै नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनताको घर घरमा गएर चन्दा संकलन गर्ने योजना सार्वजनिक गरेका छन् ।
भेलालाइ सम्बोधन गर्दै नेपालले पार्टीलाई देशब्यापी बनाउने र जनताको घर घरमा जाने योजना सार्वजनिक गर्दै गर्दा पार्टी सञ्चालन गर्न आवश्यक रकम जनताबाटै संकलन गर्ने योजना पनि सार्वजनिक गरेका हुन । २५ गते बाट स्टिकर बाड्ने कार्यक्रम ल्याउदैछौ।सबै जनताको घर-घरमा जानू र दिनेले जति दिन्छ त्यती लिनु नदिए झगडा नगर्नु।घर घरमा त्यो अभियान लिएर जानु भ्न्दै उनले आफ्नो कार्यकर्तालाइ निर्देशन दिएका छ। फरक प्रसङ्गगमा बोल्दै उहाँले झापाको दमकमा पनि आफ्नो पार्टिका समर्थकको भिड देखेर आफु दंग भएको समेत बताए । केपी ओलीको गृह नगर रहेकोले ओलीलाई नै इङ्गित गर्दै उनले झापामा समाजवादीको लहर कस्तो रहेछ भन्ने कुरा देखाइदिएको भन्दै उनले भने ‘झापा एमालेको मात्रै लाल किल्ला हो भन्ने भ्रम कसैलाई हुन सक्छ तर त्यो अव हैन रहेछ भन्ने कुराको प्रमाणित यही भिडले देखाइदिएको छ । ’
फरक प्रसंगको बोल्दै उहाँले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई प्रदेशको नामाकरण तुरुन्तै गर्न निर्देशन पनि दिए । देशभरका सात प्रदेश मध्ये ५ वटाले आ आफ्नो नामकरण गरिसकेको बताउँदै उनले प्रदेश १ र २ किन पछी परेको भन्दै प्रश्न पनि गरे । मुख्यमन्त्री राईलाई हेर्दै उनले ‘सबैलाई अटाउने , सबैको साझा फूलबारी हुने गरिको, विवाद रहित नाम राखीहाल्नुस । मौका यहि हो ।’ मनाङ्गमा ७ हजार जनसंख्या छ ।त्यहा पनि हाम्रो जिल्ला कमिटी र सबै पालिका, वडा वडामा समिती गठन गर्ने योजना बनाएको छौ।जसले पार्टीमा बिश्वास जित्न सक्यो त्यसैले अहिले संगठनको अग्रपंक्तिमा रहेर कार्य गर्ने हो त्यसैले जनसंगठन निर्माण गर्दै अगाडी बढ्नु। १८ बर्ष भन्दा माथीको पार्टीमा काम गर्न चाहनेलाई सदस्यता दिनु।विभिन्न पार्टीहरु यो पार्टी संग सम्हालित हुन चाहाना देखाइरहेको छन यो कुराले नेकपा एस हर्षित छौ,नेपालले बताए।
खेलकुदलाइ बिधालय,क्याम्पस,स्थानिय स्तरसम्म पुर्याउने आफ्नो चाहना रहेको नेपालले बताए। महिलाहरुलाई महिला हिंसाको बिरुद्द कराते सिकाउने।उनीहरु आफै-आफ्नो आत्मा रक्षा गर्न सक्ने बनाउनु नेकपा एसको उद्देश्य रहेको नेता नेपालले बताए। ओलिजिको गृह नगरको चोक चोकमा कलम चुनाब चिन्ह देखे पछि मेरो मन गदगद भयो। नेकपा एसको पनि झापा दमकमा उपस्थित दर्बिलो रहेको सन्देश हो यो ओलि जिलाइ नेपालले बताए। नेपाली बिशेषताको समाजबाद कस्तो हुन सक्छ हाम्रो ध्यान त्यता छ अहिले।जनताको बहुदलीय जनाबा (जबज)लाइ आत्मसात गर्दै अगाडि बड्ने अठोट गरेको समेत नेता नेपालले बताए ।