देशको परिस्थिती हेर्दा यस्तो लाग्छ हजुरबुवाले आफ्ना नातीनातिनाहरुलाई फकाउनका लागी कूनै कथा सुनाईरहनुभएको छ । तर अब पालो नातीनातिनाहरुको छ हजुरबुवालाई आराम गर्न लगाएर नयाँ नेपालको नयाँ राजनीति को कथा लेख्ने…
आजको समयमा हाम्रा देशका होनहार यूवा विदेश जानुपरेको छ, कारण देशको अवस्था ६० नाघेर कपाल पाकेर सेत्तै भएका वृद्धहरुले राजनीतीको डोरी समातीरहेका छन् । जुन डोरीलाई समात्ने सम्म युवाहरुको हातमा तागत देखिएन । म प्रश्न गर्न चाहान्छु बुढो राजनीतीमा बसेर राज गरिरहेकाहरुलाई , के यो राजनीतीको भागदौड युवाको हातमा दिन सकिदैन ? अझ कति दिन कुर्सीमा बस्न मन छ ? अब त त्यो बुढो हड्डी लाई पनि आराम दिनुहोस् : यसरी राजनीतीको भागदौड सम्हाल्न र कुर्सीका लागी मरिमेटी गर्ने शक्ती काहँ बाट आउँछ ७० का बा हरुलाई !
वेरोजगार युवाले भरिएको हाम्रो देशमा रोजगारका अवसर नभएका पनि हैनन् रोजगारका अवसर त आउछन तर ति वेरोजगार युवालाई लक्षित गरेर राजनीतीक दलका झण्डा बोक्ने ,पार्टीका लागी भाषण गर्न पठाउने र चुनाव अधिवेसनहरुमा मासुभात पकाउने र खुवाउने काममा व्यस्त बानईन्छ म जान्न चाहान्छु कि यसरी चुनावका बेला मात्र युवाको आवश्यकता पर्ने यो बुढो राजनीती कसका भरमा चलिरहेको छ ? देशको जिममेवारी उठाएर भागदौड गर्दा सांस फुल्लिने राजनीतीको अब आवश्यकता छ जस्तो मलाई लाग्दैन ।
जतिसुकै राजनीतीमा चहलपहल भएपनी राजनीतीको अनुहारमा परिवर्तन आएपनि वेरोजगार युवा वेरोजगार नै रहनेछन् । आज युवा वर्गले जिवन चलाउनका लागी धेरै संघर्ष गनुपरेको छ । परिवार पाल्नका लागी कयैँ युवाहरुले धेरै चुनौतीहरु सँग लड्नु परेको छ । सायद सत्ता र कुर्सीका लागी लडिरहेकालाई ति युवा वर्गको पिडा मलम बनिरहेको छ होला । राजनीतीको सिद्धान्त युवा वर्गलाई बेरोजगार बनाई राख्ने र उनिहरुलाई आश्वाशनको पोको बाडेर राजनीती दलको दास बनाई राख्ने हो र ? प्रश्न साझा छ जवाफ खोजौँ युवा हो !
अभावमा बाच्नुपरेको केवल सोझा र गरिब जनताले मात्रै हो । तर राजनीतीक दल सम्म पहुँच भएकाहरुले सबै सेवा सुविध पाएका नै छन् । पार्टीका छत्रछाँयामा बस्नेहरु पक्कै बेरोजगार छैनन् । दुःख पाउने भनेको सोझा जनताले मात्रै हो ।
झण्डा समातेर पार्टीका पछाडी दौडीनेहरु र कुर्सीका लागी लड्नेलाई मेरो प्रश्न हाम्रो देश कुन दिशा तर्फ जादैछ ? युवाले कहिले देखि आफ्नै देशमा रोजगारीको अवसर पाउने ? अब त अत्ती भएन र बुढो राजनीतीको तमासा ?