सबैका लागि निःशुल्क गुणस्तरिय शिक्षा अभियान अन्तर्गत पिस फर पिपुलले यस शैक्षिक सत्रमा ग्रामिण सरकारी बिद्यालयमा अध्ययन गर्ने ४६८ बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
अभियानले पर्साका १३० बालबालिका, सर्लाहीका १२५ बालबालिका, धादिङको १८६ बालबालिका र काभ्रेको २७ जनालाई बिद्यालयमा आवश्यक पर्ने अत्यावश्यक शैक्षिक सामाग्रहिरु बितरण गरेका हो । जसमा कापी, बिद्यालय झोला, सिसाकलम, ज्यामिटीवक्स, बिद्यालयलाई ब्याडमिन्टन एवंम डारी र माध्यामिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई सहयोगी पुस्तिकाहरु समेत छन् ।
अझै पनि बिभिन्न ग्रामिण क्षेत्रका बिद्यालयहरुमा बालबालकिाहरुको शिक्षामा सहज पहुच नभएको र शैक्षिक सामाग्री अभावको कारणले गर्दानै बिद्यालय भर्ना हुने तर पूर्णता नदिने समस्या ब्यापक देखिएकाले आफुहरुले यस अभियान मार्फत निरन्तर सक्दो सहयोग गरिरहेको संस्थाको अध्यक्ष सन्तोष विडारीले बताउनु भयो ।
सिकाईको सहजताको लागि हाम्रो अभियान निरन्तर गरिरहेको छौ , बिभिन्न सहयोगीहात मार्फत सहयोग संकलन गरि निरन्तर समग्र शिक्षाको प्रत्यभुत सबै बालबालिकाहरले गरुन भन्नको लागि हाम्रो अभियानले सकारात्मक प्रभाव पारेको छ । बिद्यालय भबन निर्माण देखी बिद्यालयस्तर र कलेजस्तर सम्ममा छात्रबृत्ति एवंम समग्र सिकाईको फरक अभ्यास जस्ता क्रियाकलाप निरन्तरता पाएकोमा आफुहरु खुसी रहेको डाईरेक्टर पुनम खड्गी बताउनु हुन्छ ।
संस्थाले सानो सानो सहयोगहरु संकलनवाटनै भए पनि हाल सम्म तिन हजार भन्दा धेरै बालबालिकाहरुलाई अत्यावश्यक शैक्षिक सामाग्रीहरु वितरण गरिसकको छ । भावी दिनमा पनि कोही पनि बालबालिकाहरु सामाग्री र आर्थिक अभावले आफ्नो पढाई बीचमा नै छोड्नु पर्ने बाध्यता नहास भन्ने अभिप्रायले अभियानलाई अझै ब्यपाक बनाउने तयारी रहेको पनि संस्थाले जनाएको छ ।