२०७९ आषाढ १५, बुधबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, मंसिर २१, २०७८    २२:२३:४२

दुवई- दुवईमा एमएसएन एक्सिलेन्स अवार्ड भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम मोडल सङ्स नेपालको आयोजनामा सम्पन्न भएको हो ।  उक्त अवार्ड  सो कार्यक्रमको इन एशोसियसन पार्टनरमा जनसवाल राष्ट्रिय दैनिक र राज्य दैनिक  र बाईटस पाण्डा रहेका थिए ।

कार्यक्रम एनआरएनए एनसिसि युएईका पुर्व अध्यक्ष समेत रहेका नेपाली समाज युएईका निवर्तमान अध्यक्ष, एनआरएनए आईसिसि मध्यपुर्व संयोजक(आर सि) तथा एनआरएनए आईसिसिका पुर्व सल्लाहकार एबं बरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटा (सिपी) को प्रमुख आतिथ्यता तथा ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी शेख नासिर मुर्त्दाह बकर र एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा इन एशोसियट पार्टनर तर्फ नेपालबाट जनसवाल राष्ट्रिय दैनिक,जनसवाल डट कम तथा अर्थ रोजगार टेलीभिजनका सम्पादक तथा अध्यक्ष रामजी बगाले र नेपाल टेलिभिजन न्युज कार्यक्रम सचेतनाका कार्यक्रम प्रस्तोता तथा निर्देशक समेत रहेका राज्य दैनिकका अध्यक्ष तथा कार्यकारी संपादक सरोज ओझाको बिशेष उपस्थिती रहेको थियो ।

सो अवसरमा एनआरएन आईसिसि सदस्य समेत रहेका फिस्टेल ट्राभल्स युएईका प्रबन्ध निर्देशक तथा सामाजिक अभियन्ता ठाकुर प्रसाद ढुङ्गाना, एनआरएन आईसिसिका सदस्य नेत्र शर्मा, नेपाल एसोसिएसन दुबईका अध्यक्ष रमेश श्रेष्ठ, एनआरएनए एनसिसि युएईका कार्यवाहक अध्यक्ष निरन्जन सिलवाल, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष लक्ष्मण खनाल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईका अध्यक्ष एम डि बोहोरा, एनआरएन एनसिसि युएईका युवा संयोजक मदन अधिकारी, व्यवसायी तथा सामाजिक अभियन्ता भिमनारायण श्रेष्ठ, व्यवसायी तथा सामाजिक अभियन्ता रमेश न्यौपाने,  नेपाली समाज युएई खेलकुद संयोजक हिरालाल श्रेष्ठ, व्यवसायी बिष्णुहरि बगाले,  व्यवसायी पुरन घले, मोडल एवम् कलाकार आशिष पुरुष, नेपाल राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान युएईका भुतपुर्व अध्यक्ष, गोपी कृष्ण पंगेनी लगायतका अतिथीहरुको उपस्थित रहेका थियो ।

नेपाली राष्ट्रिय गान र अरवी राष्ट्रिय गान सहित शुरु भएको कार्यक्रम समारोहको समुदघाटन ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी समेत रहेका शेख नासिर मुर्त्दाह बकर, समाजसेवी चन्द्र प्रसाद सापकोटा (सिपी) तथा एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीले गरेका थिए ।

सो अवसरमा  पत्रकार महासंघ युएइका अध्यक्ष लक्ष्मण खनालले स्वागत मन्तव्य राख्दै आयोजक संस्थाको बिषय र कार्यक्रम बारे जानकारी गराएका थिए भने नेप्लीज डान्स समूहका सनम रसाईली र समुहका सदस्यहरुले स्वागत नृत्य पस्किएका थिए ।

कार्यक्रम माझ  संचार उद्यम तर्फ कर्पोरेट मिडिया  नेटवर्कका अध्यक्ष उज्जवल जंग पराक्रम् शाह, समाजसेवा तर्फ रोटरी क्लब अफ कपन २०२०-२०२१ का प्रेसिडेण्ट/ समाजसेवी शिवहरि खनाल, इभेण्ट  अर्गनाइजर तर्फ झापाका  लोक चन्द्र श्रेष्ठ, गायन तर्फ रक सिंगर बिनोद ढकाल, इभेण्ट अनलाईन भोटिङ सेवा प्रदायक तर्फ ग्लोबल अनलाईन पे, मेडिकल सप्लायर्स कम्पनी तर्फ डि एन के ईन्टरनेशनल, मोफसल पत्रकारिता तर्फ हिमालय  टेलिभिजनका पत्रकार बिष्णु गौतम, सामाजिक अभियान तर्फ बिर्ता जेसिसका राजेश बहादुर धिमाल, इभेण्ट आयोजक संस्था तर्फ युथ कृयसन नेपाल, मोडेल तर्फ रुपेश गुरुङ, सौन्दर्यशास्त्रका विभिन्न विधा तर्फ व्युटीसियनहरु  रेखा शाह, मन्जु सुबेदी, अन्जना थापा, शशीकला राई, रिचा कवे, क्याविन क्रु एकेडेमी तर्फ नेपाल एयर होस्टेज एकेडेमी एमएसएन एक्सिलेन्स अवार्ड २०२१ बाट विभुषित भएका थिए ।

सो अवसरमा दुबइमा रहेर सामाजिक सेवा, व्यापार, व्यवसाय, पत्रकारिता, कलाकर्म, खेल आदी क्षेत्रमा सकृय विभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।  उक्त कार्यक्रम समारोह माझ सामाजिक व्यक्तित्व सम्मान तर्फ नेपाली समाज युएई पुर्वअध्यक्ष चन्द्र प्रसाद सापकोटा र  एनआरएन मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीलाई दोसल्ला सहित सम्मान गरिएको थियो भने कार्यक्रमलाई सफल पार्न समन्वयकारी भूमिका सहित महत्वपूर्ण योगदान पुर्याए बापत इन एशोसियसन पार्टनरका क्रमश जनसवाल दैनिकका अध्यक्ष एवम्   सम्पादक रामजी बगाले र राज्य दैनिकका अध्यक्ष एवम् कार्यकारी सम्पादक सरोज ओझालाई सम्मान पत्रद्वारा विभुसित गरिएको थियो ।

त्यस्तै, सोही कार्यक्रम समारोह माझ ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी नासिर मुर्त्दाह बकरलाई बिशेष सम्मान र व्यवसायी तथा सामाजिक अभियन्ता भिमनारायण श्रेष्ठ, एनआरएन आईसिसि सदस्य तथा फिस्टेल ट्राभल्स युएईका संचालक तथा सामाजिक अभियन्ता ठाकुर प्रसाद ढुंगाना, एनआरएनए एनसिसि युएईका कार्यवाहक अध्यक्ष निरन्जन सिलवाल, नेपाल एसोसिएसन दुबईका अध्यक्ष रमेश श्रेष्ठ,  नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष लक्ष्मण खनाल, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईका अध्यक्ष एम डि बोहोरा, व्यवसायी तथा सामाजिक अभियन्ता बिष्णुहरि बगाले, फिटनेस मेन्टर नवराज पाण्डे, ईनास युएई केन्द्रीय उपाध्यक्ष दुर्गा सुनुवार, व्यवसायी पुरन घले, नेपाल एसोसियसन बोर्ड अफ डिरेक्टर नबिन पौडेल, नेपाली समाज युएईका खेलकुद संयोजक हिरालाल श्रेष्ठ, एनआरएन एनसिसि युएईका युवा संयोजक मदन अधिकारी, नेपाल राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान युएईका भुतपुर्व अध्यक्ष गोपी पंगेनी, नायिका तथा मोडल प्रियंका नेपालीलाई सम्मान गरिएको थियो ।   त्यसैगरि, नेपालबाट मोडल सङ्स नेपालका इभेण्ट म्यानेजर सोमप्रसाद सापकोटा र गिनिज बुक अफ वर्ड रेकर्ड होल्डर संचारकर्मी राजन खरेल सम्मानित भएका थिए ।

सो अवसरमा विभिन्न कलाकारहरुले नृत्य, गीत लगायतका प्रस्तुती दिएका थिए ।  जसमा नेपाली रकस्टार बिनोद ढकाल, मुग्लान ब्याण्डकी प्रतिक्षा कुंवर, मंगोलियन ब्याण्डका सन्तोष परियारले गायन, प्रियंका नेपाली र नेप्लिज ब्याईज डान्स ग्रुपका राजिव लामाले नृत्य प्रस्तुत गरेका थिए ।
सो अवसरमा एनआरएनए एनसिसि युएईका पुर्व अध्यक्ष समेत रहेका नेपाली समाज युएई निवर्तमान अध्यक्ष, एनआरएनए आईसिसि मध्यपुर्व संयोजक(आर सि) तथा एनआरएनए आईसिसिका पुर्व सल्लाहकार एवम् समाजसेवी चन्द्र प्रसाद सापकोटा (सिपी) ले मन्तव्य धारणा राख्दै दुवईमा एमएसएन एक्सिलेन्स अवार्ड  आयोजना भएकोमा खुशी व्यक्त गर्दै नेपाली समुदायले आफ्नो साँखलाई अक्षुण राख्दै यहाँको कानुनलाई अक्षरश पालना गर्दै अघि बढनु पर्ने बताए ।

त्यसैगरि, कार्यक्रमका बिशेष अतिथी शेख नासिर मुर्त्दाह बकरले नेपालबाट दुबईमा आई कार्यक्रम आयोजना गरेकामा आयोजकलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले दुई देशका नागरिक बीचमा सुमधुर सम्बन्ध कायम राख्न सघाउ पुग्ने तथा व्यवसायिक वातावरणमा नयाँ आयाम थप्ने उल्लेख गरे  ।

त्यसैगरि, कार्यक्रमका बिशेष अतिथी एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीले दुवईमा कार्यक्रम आयोजना हुनु सुखद पक्ष रहेको जनाउदै नेपाली समुदायको हितका लागि सिंगो एनआरएनए परिवारले काम गर्दै आएको बताए ।

कार्यक्रम माझ आफ्नो मन्तव्य राख्दै एमएसएन एक्सिलेन्स अवार्ड २०२१ को इन एशोसियसन पार्टनर राज्य मिडिया नेटवर्कका अध्यक्ष तथा राज्य दैनिक डटकमका कार्यकारी सम्पादक सरोज ओझाले विभिन्न विकल्प माझ अवार्ड  तथा सम्मान कार्यक्रम दुवईमा आयोजना गरिएको जानकारी गराउदै यस कार्यक्रमले नेपाल र दुवई बीचको सम्बन्धलाई थप प्रगाण र सुमधुर बनाउनेमा विश्वास व्यक्त गरे ।

मोडल संङ्स नेपालका अध्यक्ष डेभिल सिंह राजपुतको सभापतित्व माझ आयोजित उक्त अवार्ड कार्यक्रम जे सागर र सरु काव्याले संचालन गरेका थिए ।  कार्यक्रममा नेपाल र दुवई स्थित नेपाली समुदाय गरि करिब ३००  जनाको उपस्थिती रहेको थियो ।  कार्यक्रम समारोहलाई भव्य रुपमा सम्पन्न गर्न एनआरएनए मध्य पुर्व उप संयोजक मनोज गोर्खाली, एनआरएन आईसिसी सदस्य तथा व्यवसायी ठाकुर  प्रसाद ढुङ्गाना, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगाले र राज्यदैनिकका अध्यक्ष एवम् कार्यकारी सम्पादक सरोज ओझा, पत्रकार महासंघ युएईका अध्यक्ष लक्ष्मण खनाल, इनासका अध्यक्ष एमडी बोहोरा लगायतका संघ संस्था र व्यक्तिहरुले समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

उक्त कार्यक्रमको ट्राभल पार्टनरमा कान्तिपुर होलिडेज्, फिस्टेल ट्राभल्स युएई, नमस्ते ट्राभल्स युएई, हस्पिटालिटी पार्टनरमा नेपाली चुल्हो युएई, याक एण्ड यती क्लब एभरेष्ट दुबई, कंचनजङा रेष्टुरेष्ट दुवई र सपोर्टिङ पार्टनरमा याक एण्ड       यती ज्वलेरी, ग्रीनलाईन ग्रुप र जिओपी बजार रहेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com