२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, पौष ०६, २०७८    २१:०४:३१

नेपाली अभिनेत्री नितु कोईरालाले भारतको उडिसामा भएको एक वृहत कार्यक्रममा आफ्नो प्रस्तुतीले उडिसावासी माझ लोकप्रियता बटुलेकी छिन । मिस एण्ड मिसेस ग्लोबल ईण्डिया २०२१ भव्य ग्राण्ड फिनालेमा उनले निर्णायकको भूमिका निर्वाह गर्नुका साथै सेलेब्रेटी अतिथीको रुपमा विशेष सम्मानित समेत भएकी थिईन । नेपाली कला संस्कृति झल्कने भेषभुषामा आकर्षक नृत्य पस्केर उडिसावासी माझ नेपाली संस्कृतिको समेत प्रवद्र्धन गरेकी छिन ।
कार्यक्रम आयोजकको विशेष निमन्त्रणामा करीब २ हप्ता लामो समय भारतका मुख्य शहरहरुको भ्रमणमा निस्किएकी अभिनेत्री कोईरालालाई विभिन्न संघ संस्थाबाट विशेष सम्मान गर्दै आईरहेको छ ।
कोईरालाको प्रस्तुतिलाई त्यहाँ उपस्थित दर्शक,अतिथीका साथै आयोजकहरुले खुलेर प्रशंसा गरेका थिए । राष्ट्र अन्तराष्ट्रिय अवार्ड जित्दै आईरहेकी कोईरालालाई विगत २ वर्षदेखि भारतका विभिन्न सामाजिक संघ संस्थाले विशेष अवार्ड तथा सम्मानबाट सम्मानित गर्दै आईरहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com