भाद्र २९, इलामको चुलाचुली गाउँपालिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी आज वाल दिवस मनाईएको छ । गाउँपालिकामा रहेका करिव दुई दर्जन विद्यालयहरुमा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्दे वाल दिवस मनाईएको बताईएको छ । वाल दिवसको अवशर पारेर विद्यालयहरुले आयोजना गरेको कार्यक्रमहरुमा विद्यार्थीहरुलाई वालवालिकाको हक अधिकारको बारेमा जानकारी गराउनका साथै विभिन्न रचनात्मक कार्यक्रहरुमा सहभागी गराईएको थियो ।
यस्तै दिवसको अवसर पारेर आज समाजसेवी संञ्जय कुमार राईले चुलाचुली ५ मा रहेको वाझोँ गाउँ मा.वि. मा स्वर्गिय आमालाई सम्झदै गमला तथा फुलका विरुवा वितरण गरेका छन् । उनले करिव २० हजार वरावरको गमला तथा फुलका विरुवा विद्यालयलाई वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै समाजसेवी राईले यो कार्य स्वच्छ र सफा वातावरणका लागि सरकारले सुरुवात गरेको एक व्यक्ति, दुई रुख अभियानको नै निरन्तरता रहेको बताए ।
गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यतामा वाझो गाउँ मा.वि. मा आयोजना भएको कार्यक्रममा समाजसेवी राईले विद्यालयका शिक्षक तथा विद्यार्थीलाई सो सामाग्री हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा चुलाचुली ५ नम्वर वडाका अध्यक्ष चन्द्रकुमार थापा लगायत जनप्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।