२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, पौष १२, २०७८    ८:४२:३६

वल्र्डवाईड मिडिया नेटवर्कको प्रस्तुती रहेको सर्ट मुभी ‘सागवाली’ सार्वजनिक भएको छ । वरिष्ठ अभिनेता तथा निर्देशक लय संग्रौलाको प्रमुख आतिथ्यतामा एक समारोहका वीच उक्त मुभी सार्वजनिक गरिएको हो । संचारकर्मी , गायक तथा कलाकार रामकृष्ण श्रेष्ठको निर्माण रहेको ‘सागवाली’मा मोडल सुनीता श्रेष्ठलाई मुख्य पात्र ‘सागवाली’को रुपमा देख्न सकिन्छ भने ‘सागवाली’मा स्वयं गायक श्रेष्ठकै समेत अभिनय रहेको छ ।

नेपालको मुख्य पेशा कृषिलाई पूर्ण व्यवसायिक र देशलाई कृषिमा निर्भर गर्न पर्छ भन्ने सन्देश दिनुका साथै जातीय विभेद अन्त्य सम्बन्धि जनचेतनामूलक कथामा आधारित सागवालीमा अन्य मुख्य कलाकारहरुमा जयराम बर्मा,मनराम केसी,मनोहर कार्की,रामकृष्ण न्याखा, मौसम श्रेष्ठ,सौगात श्रेष्ठ लगायतको अभिनय रहेको छ । सन्देश मुलक हुनुका साथै जातीय विभेदका वारेमा यथार्थ मुलक कथावस्तु वोकेको सर्टमुभीको गीतको शव्द स्नेहा शाहको रहेको छ भने, उत्कृष्ट कथा वस्तु वोकेका सागवालीको कथा स्मृति शाहको रहेको छ । ‘सागवाली’लाई वरिष्ठ कलाकार राजकुमार शाहले निर्देशन गरेका हुन । सर्टमुभी आरजे रामकृष्ण श्रेष्ठ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com