२०७९ आषाढ १५, बुधबार
Close
मोनित महर्जन बुधबार, पौष १४, २०७८    ११:३७:५९

 

नेपाल एउटा बहु भाषिक, बहु सांस्कृतिक, बहु जाति अनि बहु प्रतिभावान जनता भएको देश हो। इतिहासकाल देखि नेपालका प्रतिभाहरुले विश्व जगतमा नेपाल र नेपालीको पहिचान बनाउने गरि आफ्नो प्रतिभा प्रस्तुत गरेका प्रसस्त उदाहरणहरु छन्।  तर नेपालमा स्रोत साधनहरुको कमीका कारण धेरै प्रतिभाले यो अवसर पाएका थिएनन।  नेपाली जनताको आर्थिक स्तर अनि नेपाल भित्रै उचित मंच नपाउनु यसको प्रमुख कारण मान्न सकिन्छ। तर हालका दिनहरुमा भने अवस्था फेरिएको छ। यदि कुनै व्यक्ति संग कुनै पनि खालको प्रतिभा छ भने त्यसका लागि राष्ट्रिय स्तरको नै विभिन्न मंच तथा अबसरहरु पाउनको लागि सजिलो छ। त्यो अवसर जुटाई दिएका छन् नेपालका विभिन्न राष्ट्रिय टेलिभिजनमा संचालन हुदै आएका विभिन्न विधाका प्रतियोगिता (रियालिटी सो) हरुले।

हुन त नेपालमा रियालिटी सो सुरु भएको दशक भन्दा बढी भै सक्यो तर एपी वन टेलिभिजनले गायन विधामा विश्व प्रख्यात रियालिटी सो को आधिकारिक मान्यता लिएर नेपाल आइडल सुरु गरे पश्च्यात नेपालमा फ़्रेञ्चाइज सो को लहर नै चलेको छ । हाल विभिन्न राष्ट्रिय टेलिभिजनमा गायन, हास्य, खेलकुद, नृत्य लगायत धेरै रियालिटी सो प्रसारण भईरहेका छन्। यहि मध्य एउटा सो हो “डान्स च्याम्पियन” जुन विभिन्न चरणहरु पार गरेर टप १६ राउण्डसम्म आइ पुगेको छ।  हजार भन्दा बढीले अनलाइन अडिसन दिएको यस प्रतियोगितामा देश भरिबाट सहभागिता जनाएका थिए। जसमा एउटा जोडी रहेका थिए झापा दमक-४ का दिपिना श्रेष्ठ अनि कमल गाउपालिका-५ का सुप्रिम मगर, जो अहिले टप १६ प्रतिस्प्रधा गरिरहेका छन। आफ्नो कुशल नृत्य कौशलता प्रस्तुत गर्दै टप १००, टप ८०, मेघ अडिसनबाट टप ३०, टप २० हुदै टप १६ सम्म पुग्न सफल भएका छन्।  रियालिटी सो को प्राबधान अनुसार अब टप १६ पुगे पश्च्यात भने चै भोटिंगको आधारमा अघिल्लो चरणमा प्रवेश पाउने नियम रहेको छ। जसका लागि अब दिपिना र सुप्रिमले आफ्नो उत्कृष्ट प्रस्तुति संगै बढी भन्दा बढी भोट पनि बटुल्न सक्नु पर्ने हुन्छ।  जुन निकै कठिन यात्रा हुने दिपिना र सुप्रिमको बुझाइ छ।  आफ्नो प्रस्तुतिमा केहि कसर नछोडने जसका लागि आफुहरु दिन रात मेहनत पनि गरिहरेको उनीहरुले बताए । तर जितको नजिक पुग्न भोट पनि निकै महत्वपूर्ण भएको कारण मनमा एक खालको डर रहेको बताउछन। “अहिले सम्म आफ्नो उत्कृष्ट प्रस्तुति दिदै आएका छौ, यहाँ सम्म त प्रस्तुतिको आधारमा छनौट हुने भएकोले आफुहरुको मेहनत सफल भएको तर अबको दिनमा जनता र आफ्नो समर्थकको साथ् नपाएमा जति मेहनत अनि राम्रो प्रस्तुतिले पनि आफुहरु अगाडी जान नसकिने हुदा निकै डर पनि महसुस भै रहेको सुनाउछन। निकै कुशल तरिकाले सालिन प्रस्तुति मार्फत जजहरुको मन जित्न सफल हुदै आएकोमा अब भने जनताको मन जित्ने अर्को चुनौती थपिएको तथापी आफुहरु भरपुर मेहनतका साथ् आफ्नो अब्बल प्रस्तुति दिएर सबै जनताको मन जित्ने छौ भन्ने आत्मा बिश्वास पनि आफुहरुमा भएको र प्रतियोगिताको उपाधि आफ्नो गृह जिल्ला झापा भित्र्याउने अठोट आफुहरुले गरिरहेको पनि बताए।

दिपिना अनि सुप्रिमका लागि भोट गर्न भोटिंग विवरण पनि सार्बजनिक भै सकेको छ । भोटिंग गर्न मोबाइल एस एम एस अनि अनलाइन भोटिंग दुवै सुबिधा आयोजकले दिएको छ। दिपिना र सुप्रिमलाइ भोट गर्न चाहनेले एस एम एस भोटिंग गर्न ( DCN ४) टाईप गरि (३३००१) मा पथाउन पर्ने छ भने अनलाइन भोट गर्न भने (IMEpay App) डाउनलोड गरि भोट गर्न सकिने छ।

दिपिना र सुप्रिमले आफुहरुले यस प्रतियोगिता मार्फत देश भरि नै नृत्य संस्कारको र समग्र नृत्य क्षेत्रको बिकासको लागि पनि केहि गर्ने सोचले लागि रहेको बताए र आफुहरुले जित्न सके झापा लगायत पुर्वान्चलकै नाम अझ माथि उठाउन सकिने र आउने नयाँ पुस्तामा नि उत्साह बढ्दै जाने विश्वास गरेका छन्।  “हामी अहिले दिन रात नखाई नासुती मेहनत गरिरहेका छौ, हाम्रो अनुरोध यति हो तपाई हरुले सानो सहयोग मात्र गरिदिनु भयो भने हामीले आफ्नो मेहनतलाइ जित मा परिणत गर्न सक्ने थियौ त्येसैले सम्पूर्ण देश भित्र अनि देश बाहिर रहनु भएका नेपालीहरु अनि बिशेषत पुर्वान्चल र झापा जिल्ला बासीहरुमा हाम्रो लागि भोट गरिदिनु भनेर बिनम्र अनुरोध गर्न गर्दछौ” दिपिना अनि सुप्रिमले अनुरोध गरेका छन्।  त्येस्तै दिपिना र सुप्रिमका समर्थकहरुले झापा लगाएत विभिन्न ठाउमा नृत्य कार्यक्रम मार्फत नै भोट अपिल साथै रकम संकलन गरेर दिपिना र सुप्रिमलाइ सहयोग गर्ने अभियान पनि संचालन गरिरहेका छन् , जसको संयोजन दमकको लागि सुस्कृति नेपालीले गरिरहेकी छिन।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com