२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, पौष १८, २०७८    २२:४०:३५

दमक, १८ पुस–झापाको दमकस्थित ज्योती चर्चमा आइतबार दमक नगर इसाई समाजले २५औं वर्षगाठको अवसरमा रजत महोत्सव मनाएको छ ।

दमकमा छरिएर रहेका इसाई धर्मालम्बीहरुको साझा संस्था दमक नगर इसाई समाजले स्थापना भएको २५औं वर्ष गाँठको अवसरमा रजत महोत्सव मनाएको हो ।

रजत महोत्वको अवसरमा दमक नगर इसाई समाजका संस्थापकहरु, पूर्वअध्यक्षहरु, जेष्ठ नागरिक, सञ्चारकर्मी र सामाजिक योगदान गर्नुहुने मानुभावहरुलाई कदर–पत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरिएको छ ।

२०५३ सालमा दमक नगर इसाई समाजको स्थापना भएको हो ।

रजत महोत्सवमा अभिनन्दन हुने संस्थापकहरुमा अध्यक्ष पाष्टर डिबी चाम्लिङ, उपाध्यक्ष पाष्टर आर पी शर्मा, सचिव पाष्टर चन्द्र सुब्बा, सहसचिव पाष्टर मुक्ति किराँती थुलुङ र कोषाध्यक्ष पाष्टर किशोर सुनुवारसहित सल्लाहकार रेभ एन डी थुलुङ र रेभ डि के दानिएल सुब्बा छन् ।

त्यस्तैं, पूर्वअध्यक्षहरु पाष्टर डिबी चाम्लिङ, पाष्टर जर्ज वेघा, पाष्टर टिका आचार्य, पाष्टर किशोर सुनुवार, राजकुमार राई, दावा शेर्पा र आकाश थुलुङ छन् । पाष्टर थुलुङ हाल इसाई समाजका अध्यक्ष हुनुहुन्छ । वहाँको यो दोस्रो कार्याकाल हो ।

सोही अवसरमा इसाई धर्मालम्बीहरुले मृत्यूपछि गरिने अन्तिम दाहाँसस्कार लागि राखने समाधीस्थल (अदनको बगैचा) निर्माण समितिका सस्थापक संयोजक पाष्टर मुक्ति किराती थुलुङ लगायतका संस्थापक सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रले अभिनन्दन गरिएको थियो । दमक–१ मा अदनको बगैचा निर्माणधिन अवस्थामा छ । सो बगैचालाई व्यवस्थित गर्न इसाई समाज र अदनको बगैचा निर्माण समितिले आवश्यक कार्यहरु सञ्चालन गरिरहेको छ ।

यता, इसाई समाजको विभिन्न गतिविधिहरुलाई सुचनाको माध्यमद्वारा योगदान गरेको भन्दै सञ्चारकर्मी अनिलदेब राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा र इसाई समाज प्रदेश १ का अध्यक्ष पाष्टर बिक्रम बर्णवास (एक्तेन) लिम्बूको प्रमुख आतिथ्यतामा रतज महोत्सव सम्पन्न भएको हो ।

सो अवसरमा इसाई समाजका केन्द्रीय सचिव तथा इसाई धर्मालम्बीका अगुवा अधिकारकर्र्मी पाष्टर कुवेर गुरुङ प्रमुख बक्ताका रुपमा रजत महोत्सवमा संम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा दमक वडा नं ५ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ, इसाई समाज झापाका अध्यक्ष पाष्टर अमरदीप आले मगर, रेभ एन डी थुलुङ, मुक्ति किराँती थुलुङ लगायतले मन्तव्य राखेका थिए ।

रजत महोत्सवमा प्रदेश १ का विभिन्न जिल्ला र झापाका विभिन्न पालिकाहरुबाट प्रतिनिधिमुलक अध्यक्ष , इसाई अगुवा र पाष्टरहरुको सहभागिता थियो । त्यस्तैं, दमकभित्र रहेका चर्चहरुबाट इसाई धर्मालम्बी अगुवा, अध्यक्ष र पाष्टरहरुको सहभागिता थियो । सहभागिहरुलाई महोत्सवमा मायाको चीनो प्रदान गरिनुका साथै सामुहिक प्रेम भोजन गरिएको थियो ।

समाजको तर्फबाट अध्यक्ष पाष्टर आकाश थुलुङले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तैं, रजत महोत्सव समारोहका संयोजक समाजका पूर्वअध्यक्ष एबम् वर्तमान सल्लाहकार पाष्टर राजकुमार राईले रजत महोत्सव र यसका सन्दर्भमाथि प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा दमकका विभिन्न चर्चहरुका कलाकारद्वारा गीत, नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । इसाई समाज दमकका सचिव पाष्टर कुमार तामाङ र सहसचिव पाष्टर डिके बेघाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com