तामाङ चलचित्रका एक समयका चर्चित नायक जंगे लोप्चनले यस गित लाई निर्देशन गरेका छन । नायक लोप्चन हाल कतारमा छन । कतारको बिभिन्न रमणीय ठाउंहरुमा छयांकन गरेको यस गितमा कलाकार भबिन्द्र तामाङ , उर्मिला तामाङ , गणेश तामाङ, सृष्टि तामाङ लगायत साथिहरुको अभिनय रहेको छ । समिर तामाङ र सम्झाना तामाङ निर्माता रहेको यस गितको शब्द संगित बिशाल काल्तानकै रहेको छ भने जेनेरिक स्टुडियोमा रेकर्ड गरेको यस गितको एरेन्ज चांद सिं र मिक्सिङ दिपेश प्रधानले गरेका हुन । गायक बिशाल काल्तानको अर्को ” गादे जेबा छामे ” बोलको नयां गित पनि केहि दिन पछि म्युजिक भिडियोका साथ बिशाल काल्तान च्यानलबाट आउने गायक काल्तानले बताउनु भएको छ ।