२०७८ माघ ०६, बिहिबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, पौष ३०, २०७८    २२:३१:३८

३० पौष,काठमाण्डौ/ नेपाल मगर संघ काठमाण्डौ ३३औं अधिबेशनको बन्दसत्र बाट अध्यक्ष पदमा पुन: डब गर्बुजा पुन निर्वाचित हुनु भएको छ ।

गर्बुजा यस अघी एक कार्यकाल कार्यबाहक अध्यक्ष र दुई कार्यकाल अध्यक्ष पदको जिम्मे वारी लीइसक्नु भएको थियो । नव निर्वाचित अध्यक्ष गर्बुजा पुनमगर नेपाल मगर संघ को ईतिहासमै प्रिथक ईतिहास बोकेका ब्यक्तित्व हुन । उहा नेपाल मगर संघको पर्वत जिल्लाको एक कार्यकाल अध्यक्ष र काठमाण्डौ जिल्लाको  जिल्लाको दुई कार्यकाल अध्यक्ष र नवलपरासी जिल्ला सद्स्य भएर दुई कार्यकाल खाने पहिले ब्यक्ती पनि हुन ।

कोरोना कहर बिचबाट सम्पन्न भएको ३३ औं अधिबेशनका प्रमुख अतिथी नेपाल मगर संघ, बागमती प्रदेशका बरिस्ठ उपाध्यक्ष  कृष्ण बहादुर राना, अतिथिमा प्रदेश सचिव गायत्री राना, कोषाध्यक्ष सिताराम थापा मगर, पुर्व अध्यक्ष देबेन्द्र रोका, नेपाल मगर महिला संघका उपाध्यक्ष मन्जु मगर, नेपाल मगर युवा संघ लुम्बिनी मगरांत प्रदेशका संयोजक रोशन अस्लामी लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । साथै ३३ औं अधिबेशन बक्ताहरुले मगर हरुको सर्वाङ्गिण हितको निम्ती कामा गर्नु पर्ने शुभकामना दिएका थिए ।

काठमाण्डौ महाराजगंज चक्रपथ स्थित सम्पन्न भएको बन्दसत्रका निर्वाचन मण्डलका संयोजक अधिबक्ता चेत बहादुर आले र निर्वाचन मंण्डल सदस्य गायात्राी राना र सदस्य दीपक मगरको निर्वाचन समितिले ३३ औं जिल्ला अधिबेशन ले २५ सदसिय सर्वसम्मत निर्वाचित भएकाछन ।

नव निर्वाचित काठमाण्डौ जिल्ला कार्यसमितिको  नामावली निम्न बमोजिम रहेको छ :अध्यक्ष डब गर्बुजा पुन मगर,बरिष्ठ उपाध्यक्ष रघु लाहायो मगर, उपाध्यक्ष रबिना लुङ्गाली मगर,सचिब राम शरण आले मगर, सहसचिब लेक बहादुर माकिम मगर,कोषाध्यक्ष बेल बहादुर थापा मगर सहित २५ सदस्य जिल्ला समनव्य समिति गठन भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com