२०७९ आश्विन १८, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, माघ ०२, २०७८    १२:२१:४४

-डा.डिआर उपाध्याय,

नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध भइरहेको छ । नेपालका प्रमुख राजनीतिक दलहरूले औपचारिकरुपमा यसबारे आपत्ति जनाइसकेका छन् । अब सबै नेपाली जनताले देशको अस्मिता रक्षाका लागि हातमा हात मिलाएर अघि बढनु पर्ने आबश्यकता देखिएको छ । हामी नेपाली जनता नजुटे सम्म भारतको हेपाहा प्रबृति कायम रहिरहने अबस्था देखियो । देश भक्त नेपाली जनताले यो बिषयमा गम्भिरताका साथ सोचने बेला आएको छ ।

राजनीतिक दलहरू पनि यो सवालमा एक ठाउँमा उभिनु पर्छ । सबैले भारतीय सरकारको यो कदमको विरोध गर्नु पर्छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले बिरोध गरिरहेका छन । त्यसै गरी नेकपा एमालेले समेत लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयलाई लिएर गम्भीर आपत्ति प्रकट गरिसकेको छ । प्रतिपक्षी दल एमालेले लिपुलेक–लिम्पियाधुरामा सडकलगायतका संरचना निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पु¥याउने यस्ता गतिविधि तत्काल बन्दगर्न माग पनि गरेको छ । राष्ट्रियताको कुरामा सबै राजनीतिक दल एक जुट हुनु जरुरी हुन्छ ।

लिपुलेक–लिम्पियाधुरामा हालैका दिनमा भारत सरकारले बनाइरहेको सडक विस्तार रोक्न दिल्लीसँग नेपाल सरकारले कूटनीतिक छलफल अघि बढाउनु पर्ने आबश्यकता देखिएको छ । यतिबेला हाम्रो देशको राष्ट्रियतामा गम्भीर खालको चुनौती खडा भएको छ । भारतको हेपाहा, हैकम र अतिक्रमणकारी नीति नेपाललाई स्वीकार्य छैन । नेपाली भूमि अतिक्रमण गरेर भारतले जुन किसिमको विस्तारवादी नीति लिएको छ त्यसको हामीले डटेर बिरोध गर्नु पर्छ । भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा चीनको मानसरोवर जाने मोटरबाटो निर्माण गरिरहेको छ । नेपालको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताको रक्षा र संवद्र्धन गर्न देशभक्त नेपाली एकजुट हुनुपर्ने बेला आएको छ ।

सीमा अतिक्रमणको विषय कहिले बढी चर्चा हुने कहिले सेलाउने हुनुहुँदैन । नेपाल भारत बीचको सम्बन्ध राम्रो हुनु पर्छ । सम्बन्ध बिग्रन दिनु हुदैन । यसलाई कुटनीतिक माध्यमबाट समाधान खोज्नु पर्छ । नेपाली जनताको चाहाना यो पनि हो । तर भारतले नेपाल माथि हेपाहा प्रबृति त्याग्नु पर्छ । राजनीति दलहरु पनि आ आफनो अडानमा रहनु पर्छ । भारतले जे जे भन्छ त्यो त्यो गर्न छोडनु पर्छ । हाम्रो लागी सबै भन्दा ठूलो देश हो । राष्ट्रियता हो । जुन देशका नागरिकमा राष्ट्रियताको भावना जीवन्त हुन्छ, त्यो देश बलियो हुन्छ । मेलमिलाप भएको मुलुकमा नागरिक एकजुट हुन्छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com