२०७९ जेठ ०३, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, माघ ०२, २०७८    २०:५०:०५

गायक तथा सङ्गीतकार योगेश काजीले गायक दुर्गेश थापालाई गीत चोरीको आरोप लगाएका छन । आज आफ्नो फेसबुक मार्फत जानकारी दिदै गीतका गायक समेत रहेका योगेशले लेखेका छन , “हिजो रिलिज गरेको मेरो गित ‘पानी खोलिको’को अडियो छ महिना अगाडि नै ONErpm बाट विभिन्न डिजिटल प्लेट्फम मा दुर्गेश थापा भाइले हालेछन।

यो अधिकार तिमिलाई कसले दियो ?
बिना कुनै सम्झौता सुन्न को लागि दिएको गितलाई यसरी चोरी गर्नु अपराध हो। छलकपट हो घात हो अहिले मेरो युटुब मा  Monitization Off  भएको छ र Google Adsence बाट हुने मेरो आयस्रोत बन्द भएको छ।।।।।बाकी कुरा बिस्तार मा बताउने छु।”

आफ्नो स्वरमा माघ १ गते सार्वजनिक भएको गीत ‘पानी खोलिको’ गायकले आफ्नो युट्यूब च्यानल वाइटीएच इन्टरटेनमेन्ट बाट रिलिज गरेका थिए ।

राजधानीमा एक समारोहका वीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको थियो । वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कादम्बिनी गुरुङ्ग, गायक योगेश काजी, मोडल अनुप अधिकारी, सोना घिमिरे लगायत भिडियोका निर्माण टिमको उपस्थिती रहेको थियो । तेजश रेग्मिको शव्द रहेको गीत एरेन्ज, संगित योगेश काजीकै रहेको छ ।
एक माझीको प्रेम कथामा आधारित बनाएर निर्माण भएको भिडियोमा माझीको रुपमा योगेशकाजीलाई देख्न सकिन्छ भने उनलाई मोडल अनुप अधिकारी तथा सोना घिमिरेले अभिनयमा साथ दिएका छन । अजय रेग्मिको छायांकन रहेको भिडियोलाई निराजन केसीले सम्पादन र क्रान्ती केसीले निर्देशन गरेका छन ।

धेरै उत्साह र उमङ्ग का साथ बजार मा ल्याउने बित्तिकै अडियो कपिराइट लागे पछि गायक निराश बने ।

योगशेका अनुसार गायक दुर्गेश थापाले सात महिना अगाडि नै योगेशको यो गीत उनीसँग कुनै पनि प्रकारको सहमती तथा सम्झौता नगरी आफ्नो युट्युवमा अपलोड गरेका रहेछन् । जसबाट योगेश लाई प्राप्त हुने सम्पुर्ण रेभिन्यु अहिलेका लागि बन्द भएको छ । यसरी गीत संगीत क्षेत्रमा गीत चोरी हुनु नौलो नभए पनि सर्जकले आफ्नो मिहिनेतले तयार पारेका श्रृजना आफ्नै सहकर्मी साथीभाईबाट बिना जानकारी राईट लिने प्रयासको घोर भत्र्सना गर्छु उनले बताए । यथाशिघ्र उक्त गीत फिर्ता नगरे आफु बाध्य भएर कानूनी परामर्शमा जाने उनले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com