आज २०७८ साल फाल्गुन ११ गते बुधबारका द्ज्न दमक-६ सन्तविर मार्गमा रहेको BYM एग्रो कन्सर्न (कर्मा ग्रुप) को विधिवत उद्घाटन समारोह सम्पन्न भएको छ।
आयोजित कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ प्रमुख अतिथि, कर्मा ग्रुप प्रा. लि. का प्रबन्ध निर्देशक सुरेस गुरुङ विशिष्ट अतिथि, दमक नगरपालिकाकि कृषि अधिकृत चन्द्रकला भट्टराई अतिथि र दमक नगरपालिका का सामाजिक विकास अधिकृत डम्बर राज बराल अतिथि रहनु भएको थियो ।
i
उक्त उद्घाटन समारोहको अवसरमा BYM का संरक्षक द्रोण कुमार बरालले प्रमुख अतिथि लगायत विभिन्न अतिथिहरुलाइ कृषि सामाग्री उपहार प्रदान गर्नु भयो भने कर्मा ग्रुपका प्रबन्ध निर्देशक गुरुङले उपस्थित सम्पूर्ण किसानहरुलाइ स्प्रे क्याप वितरण गर्नु भयो ।
आयोजित कार्यक्रममा स्वागत मन्तव्य BYM का प्रोपाइटर मन्दिल बरालले राख्नु भएको थियो साथै प्रबन्ध निर्देशक गुरुङले कर्मा ग्रुपका उत्पादन बारे जानकारी गराउनु भएको थियो भने अन्य अतिथि ज्युहरुले शुभकामना प्रदान गर्नु भएको थियो।
झापा, सुनसरी, मोरङका किसानहरु उपस्थित समारोहको कार्यक्रम संचालन भने नरेन्द्र बरालले गर्नु भएको थियो।