२०७९ जेठ ०४, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, फाल्गुण २२, २०७८    १३:४०:१६

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले फरक फरक र अनौठा शैलीका कार्य गर्नुहुन्छ । यस्तैमा उहाँको एउटा गीत एउटै झोलुङ्गे पुलमा छायांकन गरिएको छ । उपाध्यायको ‘चाँदनी चाँदनी चाँदनी…’ गीतको भिडियो शनिबार साँखु स्थित झोलुङ्गे पुलमा छायांकन गरिएको हो । उपाध्यायकै सङ्गीत र स्वर रहेको गीतको भिडियोमा निर्देशन पनि उहाँकै छ । भिडियोमा डीआर आफैँ अभिनय गर्नुभएको छ भने उहाँलाई समृद्धि श्रेष्ठले साथ दिनुभएको छ ।

‘मैले हरेक समय केही फरक गर्ने सोचका साथ विभिन्न गीत गरिरहेको छु, तिनीहरूले विश्व रेकर्ड पनि कायम गर्न सफल भएका छन् । यतिबेला पनि यस्तै केही फरक गरौँ भनेर यो गीतको छायांकन फरक शैलीमा गरेको हुँ, एउटै गीत एउटा झोलुङ्गे पुलमा छायांकन भएको विश्वमा छैन’, डा. उपाध्यायले भन्नुभयो । उहाँका अनुसार गीतकार, सङ्गीत, निर्देशन, कलाकार एकैजना र एउटै झोलुङ्गे पुलमा छायांकन गरिएको यो विश्वको पहिलो गीत हो ।

उत्सव दाहालले छायांकन गर्नुभएको गीतको भिडियोमा अनिता ग्वाच्छाको शृङ्गार रहेको छ ।

छायांकनमा सुनिता खनाल, सुविन गदार, यमबहादुर घर्तीलगायतको सहभागिता रहेको थियो । गीतको भिडियो केही समयपछि डीआर म्युजिक क्रियसनमार्फत् सार्वजनिक गरिने बताइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com