२०७९ जेठ ०३, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, फाल्गुण २८, २०७८    ५:२०:१४

-डा.डिआर उपाध्याय,

अबस्थामा नेपाली कांग्रेस एक्लै चुनावमा गए पनि सबै भन्दा बढी पालिका जित्न सक्छ । तर पनि उ गठबन्धन कायम राखेर चुनावमा जान खोजेको छ । गठबन्धनका अन्य दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी एक्ला एक्लै चुनाव लडन डराइरहेका छन । उनीहरू अहिलेसम्म मिलेर चुनावमा जाने मनस्थितीमा छन ।

एमसीसी पारित भएपछि नेपाली कांग्रेसमा उत्साह आएको छ । स्थानीय तहको चुनावमा गठबन्धन दल भित्र भागबण्डा नमिले गठबन्धन धरापमा पर्ने सम्भावना पनि छ । त्यसैले आशा र निराशाका बीच गठबन्धनको राजनीति अघि बढिरहेको छ । अहिले पनि गठबन्धनमा आशंका र अविश्वासको वातावरण सिर्जना भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धन जोगाएर चुनावमा जान चाहेका छन भने नेपाली काँग्रेसका अन्य नेता भने यसमा खुलेर बोलिरहेका छैनन् । आफूहरूले जित्ने स्थानमा कसैसँग पनि तालमेल नगर्ने रणनीतिमा काँग्रेस रहेको बुझिन्छ ।

अब निर्वाचन नजिकै आइसकेको छ । स्थानीय तहको निर्वाचनको त तिथिमिति पनि घोषणा भइसकेको छ । सबै राजनीतिक दल आआफ्नो तयारीमा लागि परिरहेका छन् । यस्तो अवस्थामा साना साना दल आत्तिनु स्वभाविक पनि हो । स्थानीय तहको चुनावका बिषयमा गठबन्धनका बीचमा अहिले सम्म स्पष्ट साझा धारणा आउन सकेको छैन ।

नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेरै स्थानीय तह निर्वाचन लक्षित एक महिने चुनावी कार्यक्रम अघि बढाइसकेको छ । नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्दै हिडिरहेको छ । उता प्रतिपक्षी दल नेकपा एमाले पनि जनताका बीचमा आफ्ना कार्यक्रम लिएर जान थालिसकेको छ । अहिले जनताका बीचमा पुगेर जनताका कुरा सुन्ने र आफ्ना कुरा सुनाउने बेला हो । त्यसो भयो भने पनि चुनावी माहोल बन्न सक्छ । निर्वाचन आयोगले पनि आफ्नो तयारी पूरा गरिसकेको छ । सुरक्षाका लागि पनि तयारी अन्तिम अवस्थामा पुगिसकेको छ ।

नेपाली कांग्रेस र प्रतिपक्षी एमालेबाहेकका राजनीतिक दललाई निर्वाचनमा जान कठिनाइ परिरहेको छ । साना दल चुनावमा जान सकिरहेका छैनन् । उनीहरू गठबन्धन बिना चुनावमा जाने आँट गरिरहेका छैनन् । सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकिकृत समाजवादीले गठबन्धनबाट चुनावमा जाने बाटो कुरेर बसिरहेका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com