२०७९ जेठ ०४, बुधबार
Close
अविन मेयाङ्गवो बुधबार, बैशाख ०७, २०७९    २१:०४:३३
नेकपा एमालेका स्थाई कमिटी सदस्य हिकमत कुमार कार्कीले विराटनगरको मेयरकालागि जीवन घिमिरे ह्यावी व्वेट भएको उम्मेदवार हुन सक्ने बताउनु भएको छ ।
जिल्ला कमिटीले बुधबार पालिकाका आकाक्षीहरुको नाममा केन्द्रमा पठाउँदा घिमिरेको नाम समावेश नभएपनि उहाँले बैठकमा आफ्नो भनाई राख्नु भएको थियो ।मंगलबारको बैठकमा उहाँल जीवन घिमिरेले मेयर पदमा उम्मेदवारी दिन चाहना व्यक्त गरेपछि कार्कीले उहाँ ह्यावि व्वेट भएको उम्मेद्वार बन्न सक्ने बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल माई पश्चिम क्षेत्रीय कमिटी झापाले दमकमा बुधबार आयोजना गरेको नयाँ वर्ष २०७९ को शुभकमामना आदान प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा कार्कीले घिमिरेको नाम पार्टिबाट सिफारिस भएर भने नगएको पनि बताउनु भयो । तर उम्मेदवार छान्ने कुरामा पार्टिले सिफारिस गरेकै व्यक्तिहरुले मात्रै उम्मेदवारी पाउने भन्ने कुरा चाहि पार्टिको विधानमा नरहेकोले घिमिरे पनि उम्मेदवार बन्न सक्ने बताउनु भयो ।
स्थानीय प्रभावकारिता र लोकप्रीताको आधारमा उम्मेद्वार टुङ्गो लगाउने क्रममा सिफारिस नगरिएकाबाट पनि पार्टिले नाम निणर्य गरेर पठाउन सक्ने प्रवधान रहेको उहाँले बताउनु भयो । घिमिरे प्रदेश १ सरकारका पूर्व सामाजीक विकास मन्त्री हुनुहुन्छ भने कार्की त्यहि बेलाको सरकारको पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्थ्यो ।
यस्तै कार्कीले यो पटक गठबन्धन जहाँ जस्तो सुकैभएपनि त्यसलाई परास्त गर्ने गरिको रणनिती नेकपा एमालेले बनाएको र चुनावमा जान एमाले तयार रहेको उहाँले बताउनु भयो । यस्तै चुनावी प्रसङ्गमै उहाँले नेकपा एमालेले यो चुनावमा केहि ठाउँमा माओवादी केन्द्रसँगपनि तालमेल गरेर जान सक्ने स्थिती रहेको पनि उल्लेख गर्नु भयो । साथै माओवादी र एकिकृत समाजवादीसँग भने गठबन्धननै गरेर अघी बढ्न सक्ने परिस्थिती चाही नरहेको उहाँको भनाई थियो ।
पत्रकारहरुसगको अन्तर्कृयामा उनलाइ एक पत्रकारले तपाइको गृहनगर स्थानिय तहमा त हार्दै हुनुहुन्छ नि अघिल्लो चुनाबको नतिजाले पनि त्यही भन्छ नि भनेर सोधेदा उनले २०७४ सालको जस्तो कमिकमजोरी नहुने यो पाली गठबनधनलाइ पुरै क्लिन स्विप गर्दिने बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com