पोखरा २२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा १ करोड २१ लाख ५६ हजार रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शुक्रबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताए ।
महायज्ञको छैटौं दिन करिब २१ लाख ५६ हजार रुपैया संकलन भएको समितिले जनाएको छ । शुक्रबार महायज्ञमा एक रोपनी १० आना २ पैसा ३ दाम को जग्गा दान भएको छ । उक्त जग्गा दान गर्ने पोखरा २२ ठुलास्वाँरा निवासी मेगनाथ बराल रहेका छन्।
महायज्ञको छैटौं दिन दिउसो २ः०० बजे नै हावाहुरी सहित परेको पानीले गर्दा महायज्ञ प्रभावित भएको थियो । शनिबार भने सार्वजनिक बिदाको दिन भएकोले महायज्ञमा भक्तजनहरु पोखरा र पोखरा आसपासबाट ठुलो सङख्यामा उपस्थित हुने भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
महायज्ञमा निकै कर्ण प्रिय ढंगबाट भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले कथा वाचन रहेका छन्। पोखराको पार्दी विरौटा(बराल फिड) देखि पुम्दीकोटसम्म जाने बसको व्यबस्था गरिएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए । महायज्ञमा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन हुने गरेकोे उनले जनाए ।