२०७९ जेठ ०३, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, बैशाख २७, २०७९    १६:५९:२३

दमक/ २६ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमालेबाट वडा सदस्यका एक जना उम्मेदवार पार्टी त्यागेर गठबन्धनका पक्षमा समाहित भएका छन् ।

संयुक्त गठबन्धन प्रचार समितिले आज दमकको आयोजना गरेको चुनावी सभामा बोल्दै दमक ७ का वडा सदस्यका उम्मेदवार गुमानसिंह तामाङले पार्टी त्याग गरि संयुक्त गठबन्धनलाई सघाउने घोषणा गरेका छन् ।

उनले एमाले विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा,जनता समाजवादी पार्टी,राजपासहितका साझा गठबन्धनका उम्मेदवारलाई जिताउन नगरवासीहरुसंग आग्रह गरे ।

तामाङ एमाले दमक नगर सचिवालय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदका अध्यक्ष हुन् ।

एमालेले जालझेल,झुठा आश्वासन बाढेर जनताका वीचमा सस्तो लोकप्रियता मात्र बनाएको भन्दै उनले अहिले जनता परिवर्तनका पक्षमा भएकाले आफूले गठबन्धनमा समाहित भएको उनको भनाई थियो । एमाले छाडेका युवा नेता तामाङ स्वतन्त्र रहने उल्लेख गरेका छन् ।

यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट नगर प्रमुखमा राप्रपाका राम थापा, उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई (प्रसाई ) सहितका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com