लोकतान्त्रिक समाजबादी पार्टी दमकले आफुहरु सत्ता गठबन्धनमा नरहेको भन्दै बिज्ञाप्ती जारी गरेको छ।
गत २५ गते आफुहरु सत्ता गठबन्धनसंग समाहित भएको भन्दै मेयरको उम्मेदवार र उपमेयरको उम्मेदवारले सामुहिक एक बिज्ञाप्ती मार्फत जानकारी गराएका थिए।
यता लोसपा दमक नगरसमितीले भने गठबन्धनले आफुहरुसंग छलफल नगरेको र आफुहरुसंग कुनै सम्झौता नभएको उक्त बिज्ञाप्तीमा उल्लेख गरेको छ।
उक्त दलको मेयर र उपमेयरको उम्मेदवारी दमकमा कायम रहेको नगर अध्यक्ष चन्द्र राजबंशी र सचिब कुन्जलल राजबंशीको हस्ताक्षरित बिज्ञानप्तीमा उल्लेख गरेको छ ।