नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमाले उम्मेदवारले अग्रता लिएको छ ।
प्रारम्भिक नतिजा अनुसार एमालेका उम्मेदवार गीता अधिकारीले २१६ मतसहित अग्रता लिएकी छन् । गठबन्धनका उम्मेदवार राम थापाले १८३ मत पाएका छन् । मत गणना दमक–१ बाट शुरु भएको छ ।
उपमेयरमा गठबन्धनकी रेगिना भट्टराईले १९३ मत ल्याउँदा एमाले उम्मेदवार अम्बिका खनालले १९३ मत पाएका छन् । अहिलेसम्म ५०० मत गणना भएको छ ।