नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा वडा न.०१ प्यानल नै बिजय भएको छ।
अन्तिम नतिजा अनुसार एमालेका उम्मेदवार गीता अधिकारीले १७३२ मतसहित अग्रता लिएकी छन् । गठबन्धनका उम्मेदवार राम थापाले १६४८ मत पाएका छन् । मत गणना दमक–१ बाट शुरु भएको हो।
उपमेयरमा भने गठबन्धनको अग्रता छ । गठबन्धनकी रेगिना भट्टराईले १६४० मत ल्याउँदा एमाले उम्मेदवार अम्बिका खनालले १५०९ मत पाएका छन् । अहिलेसम्म ३९४१ मत गणना भएको छ ।
त्यस्तै वडा अध्यक्ष हरि न्यौपानेले १६८६ मत ल्याउदै बिजय भएका हुन भने गठबन्धनका तारा अधिकारीले १६२४ मत ल्याएर पराजित भएका हुन।