झापाको कमल गाउँपालिका वडा नम्बर १ मा जम्मा ३५०८ मत खसेको छ।अन्तिम नतिजा अनुसार गठबन्धन वडा न.०१ मा प्यानल सहित बिजयी भएकोछ।
गा पा अध्यक्षमा नेपाली कांग्रेस(गठबन्धन)ले १८०७ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ११०६ मत प्राप्त गरेको छ।त्यसतै गा पा उपाध्यक्षमा माओबादी केन्द्र (गठबन्धन )ले १५६३ ल्याएको छ भने नेकपा एमालेले १०१८ मत प्राप्त गरेको छ।
वडा न.०१मा अध्यक्ष नेपाली कांग्रेस(गठबन्धन)ले १७८६ मत प्राप्त गर्दै बिजयी भएको हो भने नेकपा एमालेले १०६३ मत प्राप्त गर्दै हार बेहोर्नु परेको हो।
खुल्ला महिला सदस्यमा एमालेले ११७५ मत
गठबन्धनले १६७५ मत प्राप्त गरेर बिजयी भएको छ। त्यस्तै
दलित महिला सदस्यमा एमालेले ११७१ मत गठबन्धनले १६६० मत प्राप्त गरेर बिजयी भएको छ।
त्यस्तै खुल्ला पुरुष सदस्य १ चिन्हमा एमाले११५७मत गठबन्धनले १६०९ मत प्राप्त गर्दै बिजयी भएको छ भने
खुल्ला सदस्य २ चिन्हमा एमालेले ११२६ मत गठबन्धन ले१५९५ मत प्राप्त गर्दै बिजयी भएको हो।