कमल गाउँपालिकामा मतगणना प्रभावित भएको छ । करिब १ घण्टाअघिदेखि गणना प्रभावित भएको हो ।
प्राप्त मतपरिणाम जोड्ने क्रममा गल्ती भएको भन्दै दलहरूले आपत्ति जनाएपछि रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए । अहिले मत जाँचको काम भइरहेको छ ।
गणनामा रहेका कम्प्युटर अपरेटरले मत जोड्ने क्रममा नेकपा एमालेको मत बढी हालेको कांग्रेसले आरोप लगाएको छ ।
यहाँ गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका हुकुमसिंह राईले सुरुवातदेखि नै अग्रता लिँदै आएका छन् ।
अहिले कमलमा मत गणना स्थागीत गरी मत गणना स्थल शिलबन्दी गरिएको छ।