नेकपा एमाले अध्यक्ष केपि ओलिको गृह नगरमा लगातार तेस्रो वडा गठबन्धनले जितेको छ।
गठबन्धनको तर्फबाट वडा न.०७मा अध्यक्ष भिम पौडेल सहितको प्यानलै बिजय भएको छ।त्यसतै नगर प्रमुख र उपप्रमुखमा पनि गठबन्धन कै राम थापा र रेगिना भट्टराई अग्रता लिएका छन।
बिजय जुलुस सम्पन्न पछि नव निर्वाचित वडा ०७ अध्यक्ष भिम पौडेलले रेडियो झापाका संचारकर्मीसंग कुरा गर्दै भने अस्ति खोइ कुन पत्रकारले लेख्नु भएको थिएछ पन्चायत,सामन्ती शासक केके जाती भनेर मलाइ।उहालाइ भन्न चाहन्छु हेर्नुहोस यदि सामन्ती भएको भए यदि म पन्चायती भएको भए जित्थे?जनताले मलाइ भोट दिन्थे?म जनताको सेवक भएर काम गरेकोले ५४ साल देखि निरन्तर यहाको जनताले मलाई जिताइरहेको छन।
पौडेलको छोराले ब्याङतमक टिप्पणी गरेका छन उनले भनेका छन बाउलाइ जिताउन म अमेरिका बाट आए बाबाले बोलाउनुभयो र।कहाँ दम्भ देखाएर हुन्छ,कहाँ समाचारबाट चरित्र हत्या गरेर हुन्छ जनताले बुझेका छैन र?