२०७९ चैत्र ०८, बुधबार
Close
निशेष राई सत्यरुप आइतबार, आश्विन १२, २०७६    १९:५४:५८

१२ असोज । किरात राई विद्यार्थी संघले लिम्बु विद्यार्थी मञ्चको महाधिवेशनको उद्घाटन–शत्रमा आफ्नो प्रतिनिधित्व नरहेको भन्दै स्पष्टिकरण सहित विज्ञप्ती निकालेको छ । राई विद्यार्थी संघका महासचिव रविन राईद्धारा हस्ताक्षरीत विज्ञप्तीमा लिम्बु विद्यार्थी मञ्चको महाधिवेशनका लागि संघमा कुनै आधिकारीक निमन्त्रणा नआएको र उक्त कार्यक्रममा संघका तर्फबाट कोहि पनि प्रतिनिधी उपस्थित नरहेको स्पष्ट पारिएको छ । मञ्चको महाधिवेशनमा राई विद्यार्थी संघको महासचिव जनाउदैँ संघमा नै नरहेको अन्य व्यक्तिलाई प्रतिनिधित्व गराएको भन्दै लिम्बु विद्यार्थी मञ्चलाई सुझिन समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छः “ताप्लेजुङमा भइरहेको लिम्बु विद्यार्थी मञ्चको ९ औँ महाधिवेशनमा संघलाई कुनै पनि किसिमको निमन्त्रणा नआएको र संघको केन्द्रीय समितिबाट कोही पनि सहभागी नरहेको जानकारी गराउँछौँ । महाधिवेशनमा सहभागी भएका व्यक्ति संघको तत्कालिन कुनै पनि कार्यसमितिमा नरहेको पनि स्पष्ट गराउछौँ ।”
साथै सो विज्ञप्तिमा मञ्चका अध्यक्ष फिपराज बेघा लिम्बुलाई संघको नेता भनेर आउन सक्ने कथित व्यक्तिको बारेमा अग्रिम जानकारी गराउँदा–गराउँदै पनि महाधिवेशनमा संघको केन्द्रीय नेता भनेर प्रतिनिधित्व गराउनुमा मञ्चको भुमिका समेत शंकास्पद देखिएको उल्लेख गरिएको छ । राई विद्यार्थी संघमा आबद्ध नभएका ब्यक्तिलाई आफू खुशी प्रतिनिधित्व गराएर राजनैतिक रंग दिने खालको कदम भएको भन्दै विज्ञप्तिमा खेद प्रकट गरिएको छ ।

सो विज्ञप्तिसंगै किरात राई विद्यार्थी संघका अध्यक्ष जितेन राईले सामाजिक संञ्जाल मार्फत सो घटनाको खेद प्रकट गरेका छन् । अध्यक्ष राईले आफ्नो आधिकारीक फेसवुक मार्फत लिम्बु विद्यार्थी मञ्चका विद्यार्थी नेताहरु संग मित्रवत सम्बन्ध चाहेको कुरो उल्लेख गर्दे आज बिहान पनि मंञ्चका अध्यक्ष वेघा संग फोन संवाद भएको जनाएका छन् । मञ्चको ९ औँ सम्मेलन सफलताको शुभकामना ब्यक्त गर्दे यस्ता घटना हुन नदिनका लागि सचेत गराएको कुरो पनि उनले उल्लेख गरेका छन् । तर मंञ्चका अध्यक्ष बेघाको यस्तो हर्कतले छिमेकिको घरमा आगो लगाउने काम गरेका बताउदै कुन्सित मानसिकताबाट बच्न समेत सचेत गराएका छन् । यस्ता हर्कतले पहिचान प्राप्तिको आन्दोलन अझ ओरालो लाग्ने बताउदै अध्यक्ष राईले यस्ता हर्कत नगर्न लिम्बू विद्यार्थी मंञ्चका नेताहरुलाई आग्रह पनि गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected].com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com