चाँगे ताप्लेजुङ एकता सम्पर्क समाज नेपालले प्रदेश न.०१ उद्योग तथा श्रम रोजगार मन्त्री प्रताप प्रकाश हाङगामलाई अभिनन्दन गरेको छ।
उक्त अभिनन्दन पत्र समाजका सचिब दुर्गा प्रसाद निरौला र अध्यक्ष बिजयराज आङ्बुहाङले गरेका हुन।
मन्त्री हाङगामले समाजलाइ धन्यवाद दिनुभएको छ भने ताप्लेजुङ आफू जन्मेको ठाउँ आफुले प्रतिनिधित्व गरेको ठाउँ के गर्नुपर्छ भनेर चिन्तित रहेको बताउनुभयो।उहाले आफू यश अभिनन्दन कार्यक्रमबाट जाँदै गर्दा ऋणी भएर गएको बताउनु भयो ।
अभिनन्दन-पत्र
२०७४ सालको प्रदेश न.०१ ताप्लेजुङबाट नेपाली काङ्ग्रेसको समानुपातिक निर्वाचनबाट प्रदेश सांसद पदमा निर्वाचित भइ २०७८ मा माननीय प्रताप प्रकाश हाङगाम उद्योग तथा श्रम रोजगार मन्त्रालय मन्त्री हुनु भएकोमा चाँगे ताप्लेजुङ एकता सम्पर्क समाज नेपाल,दमक,उर्लाबारी हार्दिक बधाई सहित सफल कार्यकालको लागि पाथीभरा मातासंग प्राथना गर्दै यहाको स्व-स्वास्थ दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना साथै हार्दिक अभिनन्दन गर्दछौ।