२०७९ आषाढ १४, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, जेठ १२, २०७९    १८:००:२३

झापामा सुन्दरी प्रतियोगिता जिताउने प्रलोभन देखाएर किशोरी माथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘मिस्टर एन्ड मिस कलेज २०२२’ को आयोजक संस्था शंकर आर्ट्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकर आज पक्राउ परेका छन् ।

दमक घर भएकी १७ वर्षीया किशोरीको उजुरीपछि प्रहरीले शंकरलाई पक्राउ गरेको हो । उनले फेसबुक म्यासेन्जर तथा ह्वाट्स एपमार्फत आफूसँग नजिक भएमा प्रतियोगिता जिताइदिने भन्दै यौन दुर्व्यवहार गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी छन् ।

इलाका प्रहरी कार्यालयमा वैशाख २८ मा उजुरी दिइएको थियो । चुनावी चहलपहलमा व्यस्त भएका कारण तीन दिनअघि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी बाल यौन दुरूपयोग कसुरमा शंकरमाथि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले  बताए ।

उनले गत बैशाख २७ गते उक्त घटना बारे सामाजिक संजाल फेस्बुकमा यसरी लेख्या थिइन:-
झापाको दमकमा सौन्दर्य प्रतियोगिताको नाममा यौन उत्पिडन (Sexual harrassment)…..

म अंकिता बरुवाल । शंकर आर्ट् फाउन्डेशन ले झापाको दमकमा केहि दिन अघि आयोजना गरेको मिस्टर एन्ड मिस कलेज २०२२ कि एक प्रतिस्पर्धी । मलाई यहाँ भएको र आयोजक ले दिएको पिडा र मानसिक तनाब साथै आयोजकको म प्रतिको खराब नियत प्रमाण सहित पोस्ट गर्दैछु ।
शंकर आर्ट फाउन्डेशन का डारेक्टर तथा आयोजक लाल बहादुर शंकरले मलाई मेसेन्जर र Whatsapp मार्फत sexual harrassment गर्ने मेसेज हरु बारम्बार पठाए जुन मैले स्क्रीन शट गरेर पोस्ट गरेकि छु । लाल बहादुर शंकर ले मलाई प्रतियोगिता जित्ने हो भने मसँग नजिक हुनुपर्छ र मैले तिमिलाई जिताएँ भने मलाई के दिन्छौ भन्ने जस्ता मेसेज पठाएको हुनाले यस्लाई मैले यौन उत्पिडन (sexual harrassment) को रुपमा लिएर यो खराब प्रब्रीती प्रति आवाज उठाएकि छु ताकि शंकर आर्ट फाउन्डेशन ले गर्ने अरु कार्यक्रमका सहभागीहरुले म जस्तो पिडित हुन नपरोस् । नेपालमा धेरै beauty pageant हरु ले धेरै राम्रा उद्देश्यसहित सहभागिहरुको प्रगतिको लागि काम गरेका छन् । तथापि शंकर आर्ट फाउन्डेशन का डाइरेक्टर लाल बहादुर शंकर जस्ता गलत नियत भएकाहरुले राम्रा सौन्दर्य प्रतियोगिताहरुको पनि बदनाम गरिरहेका छन् । तसर्थ अब झापा दमकमा शंकर आर्ट फाउन्डेशन ले गर्ने कार्यक्रम हरुमा भाग लिन जानु अघि दश चोटि सोच्नुहोला ।
के यो कुनै पनि नजरबाट पोजिटिभली भनेको देखिन्छ ? भन्दै शंकर आर्ट फाउन्डेसनका लाल बहादुर शंकरलाइ प्रश्न गरेका छन ।

Shankar Art Foundation
लाल बहादुर शंकर

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com