२०७९ आषाढ १४, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, जेठ १२, २०७९    २१:०२:५४

८ गते बिहान २ बजेपछी पोखरा १८ सेदमिामा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थाबाट २ थान कम्प्युटर, १ थान सिसि क्यामेराको मनिटर र १ थान ब्याकअप हार्डड्राईभ चोरी भएको छ।

सिसिटिभीमा २ जना चोरले सामान चोरेको प्रश्ट देखिन्छ । चोरहरु करिब ३० मिनेटसम्म नै उक्त सहकारीमा रहेका थिए । शरिरभरी सेतो कपडा, टाउको कालो कपडाले छोपेको थिए । मुखमा माक्स र हातमा सेतो पञ्जा लगाएको सहकारीको सिसिटिभीमा क्यामेराले कैद गरेको प्रस्ट देखिन्छ । उनीहरुले सहकारीको ढोकाको चावी खोलेको पनि देखिन्छ ।

सकारीको प्रबन्धक सरिता सिग्देलको अनुसार चोरले पैसा भने लगेको छैन । घटना भएको केही दिनपछी चोरी भएका सबै सामान फेवातलमा भेटिएको छ ।

फेवातालमा माछा मार्नेको बल्छिमा १ सिपियु अडकिएपछी अन्य सामान पनि सोही ठाउँमा भेटिएको हो ।चोरीमा संलग्न फरार रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार खोजी कार्या तिव्र रहेकोे छ । चोर नजिक पुगेको र केही दिनमा नै चोर पक्राउ गर्ने उनले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com