दमक जेसिजले दमक ८ स्थित आफ्नै भवनमा दमक नगरपालिकाको नव निर्वाचित पदाधिकारीहरुलाइ बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा नव निर्वाचित नगर प्रमुख राम थापाले दमक ८ मा रहेको जग्गामा तालीम हल निर्माणका लागि सहयोग गर्ने त्यसमा जेसिजको पनि सहभागीता हुनुपर्ने बताउनुभयो।
त्यस्तै उपमेयर रेगिना भट्टराईले तालिमका लागि जेसिज संग सधै नगरपालिकाले सहजीकरण गर्ने बताउनुभयो।उहाँ २०१५मा पहिलो पटक महिलाको प्रतिनिधित्व गर्दै दमक जेसिजको अध्यक्ष समेत रहिसक्नुभएको छ।
कार्यक्रमको अध्यक्षता सन्जिब बरालले गर्नुभएको थियो भने कार्यक्रम संचालन महासचिब मुकेश अग्रवालले गर्नु भएको थियो।कार्यक्रममा मन्तव्य जेसिजका पुर्ब अध्यक्ष नरेन्द्र बराल र पुर्ब राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीले राख्नु भएको थियो साथै पुर्ब अध्यक्ष तथा अतिथिहरु कमल कटुवाल,चन्द्र खत्री,नेत्र चम्लागाइ,दमक रेडक्रस संचालक समिती सदस्य बिमल शर्माको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको दमक जेसिज कोषाध्यक्ष सहदेब भट्टराईले जानकारी दिनुभयो।