२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, जेठ १६, २०७९    २१:२१:३२

साधना म्युजिक ‘रिवार्ड’को फारम खुला गरिएको छ । नेपाली गीत सङ्गीतको विभिन्न विधामा हुने गरेको साधना म्युजिक अवार्ड अव परिमार्जीतसहित हुन लागेको ‘रिवार्ड’को फारम खुला गरिएको हो ।

लामो समयदेखि गीत सङ्गीत क्षेत्रमा सक्रिय संस्था सामना म्युजिक क्रियशनले ‘रिवार्ड’को शुरुवात गर्न लागेको हो । गीत सङ्गीतका विभिन्न २१ विधामा स्रष्टा÷सर्जकलाई ‘रिवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

अग्रज कलाकार प्रति सम्मान र नव प्रतिभालाई प्रोत्सहान गर्ने उद्देश्यका साथ पहिलो र दोस्रो साधना म्युजिक अवार्ड सफलता पूर्वक सम्पन्न गरिसकेको यस संस्थाले अव भने म्युजिक रिवार्ड गर्न लागेको कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष सामना शाहले जानकारी दिनुभयो ।

नेपाली गीत सङ्गीतका साथै यस क्षेत्रमा क्रियाशील स्रष्टा सर्जकहरूलाई निरन्तरता दिनका लागि प्रोत्साहन स्वरुप नेपालमा पहिलो पटक नगद राशी सहितको अवार्ड गर्न लागिएको आयोजक टिमले जानकारी दिएको छ ।

केही दिनमानै उत्कृष्ट पाँच सार्वजनिक गरिने र राजधानीमा एक विशेष समारोहबीच उत्कृष्ट पाँच मध्ये सर्वोत्कृष्टलाई नगद राशीसहित अवार्ड प्रदान गरिने अयोजक कमिटीका सदस्य सचिव गोकर्णप्रसाद लामीछानेले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com