एपि मसिह पार्टी(आमूल परिवर्तन मसिह पार्टी नेपाल) केन्द्रिय कार्यसमितीले आज काठमाडौ चाबहिल स्थित नव दुर्गा पार्टी प्यालेसमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पार्टी उपाध्यक्ष सुशीला बेघाले प्रथाना गरि सुरु भएको थियो भने स्वागत मन्तव्य पार्टी उपाध्यक्ष डिल्ली चौलागाईं ले राख्नु भएको थियो।उहाले देशमा स्वतन्त्रता गणतन्त्र आए पनि र्यसको महसुस गर्न नपाएको बताउनु भयो भने त्यस्तै पत्रकारहरुले पनि स्वतन्त्र रुपमा लेख्न नपाएको उजागर गर्नु भयो।उहाले यो देश बिकास गर्ने हो भने अहिले भइरहेको बेथितिहरुको बिरुद्ध लड्न पनि यो पार्टी स्थापना भएको बताउनु भयो।प्रत्येक १०/१० बर्षमा परिवर्तन भइरहेको हामीले देखेको छौ अब परिवर्तनको बेला भएको महसुस भएको छ।यो पार्टीको निति,सिधाान्त स्पष्ट छ।हामी ईश्वरसंग डर राख्छौ त्यसैले गलत काम गर्दैनौं ढुक्क हुनुहोस।उपस्थित सबैलाइ हार्दिक स्वागत भन्दै आफ्नो स्वागत मन्त्ब्य टुङ्ग्याउनु भएको थियो।
कार्यक्रमको औचित्य बारे स्पष्टता पार्दै पार्टी उप-महासचिव पासङ लामाले आजको कार्यक्रम आयोजना गर्नको मुख्य उद्देश्य भनेको स्थानिय चुनाबमा उम्मेदवार हुनु भएको सबै जनालाइ सम्मान गर्ने हो किनकि हामीले यो पाली राजनैतिक अंक गणितमा जित्न सकेनौ तर झन्डा त गाड्यौ।अहिले सर्बदलिय बैठकमा बोलाउछन हामीलाई ठाँउठाउँमा यो पनि आफुहरुको जित भएको बताउनुभयो।पहिचानको कुरा पनि पार्टीमा उठाउन जरुरी देखियो।समाजमा भएको बिकृतिको बिरुद्ध लड्न पार्टीको आवश्यक रहेको बताउनु भयो।
कार्यक्रममा पार्टी उपाध्यक्ष सुशीला बेघाले आफुहरुले पार्टी निर्माण भएको ६ बर्ष पछि महाधिवेशन गर्न सफल भएको र महाधिवेशन पश्चात् स्थानीय चुनाबमा उम्मेदवारी दिन पनि सफल भएको छौ।यो सब पार्टीमा आबद्ध तपाइहरुको साथ सहयोगले गर्दा नै यो सम्भाव भएको बताउनुभयो।पाच चोटि लेखिएको संबिधान आफैमा असफल भएको अहिलेको संबिधान पनि हामिले हेर्दा असफल भइ सकेको छ।लोकतन्त्रको आभास गर्न नपाउने हामी बिचरा नेपालीहरु,धर्म निरिपेक्ष राष्ट्रमा पास्टरहरु पक्राउ पर्ने,दलित भएकै कारण हेपिनुपर्ने आखिर कहिले सम्म बेघाले प्रश्न गर्नु भएको थियो।
कार्यक्रमका सभापति भरत गिरिले पार्टीबाट उम्मेदवार हुनु भएको सबै नेताहरु साथै सहयोग गर्नुहुने सबैलाइ धन्यवाद ज्ञापन गर्नु भएको थिए । हामी ७४को स्थानिय निर्वाचन प्रदेश र केन्द्र निर्वाचन र उपनिर्वाचन साथै हालै सम्पन्न स्थानिय चुनाबमा सशक्त रुपमा उपस्थित र उम्मेदवार रहेको बताउनुभयो।हामी ७७ वटै जिल्लामा छौ गर्बका साथ भन्नसक्छौ।हामिले जितेर गयौ भने हामी भ्रष्टाचार गर्दैनौं यो पक्का हो हामीले पटक पटक भनेको छौ।अहिले निर्वाचन आयोगमा १११ वटा पार्टी दर्ता रहेछ।त्यसमा पनि ७ साल देखि निरन्तर अहिलेसम्म त्यही काङ्ग्रेस र कम्युनिस्ट छ अनि परिवर्तन,बिकास कसरी हुन्छ?हामी गरिब हुनुको कारण भ्रष्टाचार हो।यहाँका नेताहरुले इश्वर प्रती डर नराख्ने भएकोले भ्रष्टाचार त्यो पनि चरम भ्रष्टाचार गरेको बताउनुभयो।इश्वरको डर राख्ने नेताको खाचो छ नेपालमा।हामिले तर्च लाइट बालेर इश्वरको डर मान्ने नेता विभिन्न चरणमा खोज्यौ तर नभेटिएको बताए।नेपालमा अहिले अमेरिकि सेनाको गतिविधि बढेको छ अब सांसद गगन थापाले कपल काटेर थानकोट काट्ने कि नकाट्ने?उहाको सम्पत्ति राष्ट्रियकरण गर्ने कि नगर्ने गगन जि भन्दै गिरिले प्रश्न गरेका हुन। अहिले लिम्पियाधुरा लिपुलेक बेच्दा पनि भएको छ नेपाली सिमानामा भारतिय सेना आए पनि हुन्छ यसको बारेमा एपि मसिहले हिसाब राखेको गिरिले बताउनु भयो।भिम रावल जिले साम्प्रदायिक दंग भड्काउनु खोजेको र यस्तो क्रियाकलाप नगर्न गिरिले चेतावनी दिएका छन।