२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, आषाढ ०३, २०७९    ६:५४:२१

इमाडोल जेसीजको ११ औँ वार्षिक उत्सवको अवसरसँगै २०२२ को जेसीज सप्ताहको उद्घाटन भएको छ । सप्ताहको उद्घाटन समारोहकाबिच बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मानसहित शुभकामना आदानप्रदान गरिएको थियो ।

समारोहमा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख गोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जनसहित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा शाखाको ११ औँ स्थापना दिवसको केकमा दिप प्रज्वलन तथा केक काटेर कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा इमाडोल जेसीजका लागि निरुपित राष्टिय उपाध्यक्ष जीवन कार्की, नेपाल जेसीजका मिडिया संयोजक सोनितराज ढुङ्गेल, धरान जेसीजका पूर्व अध्यक्ष द्धारिकानाथ श्रेष्ठ, काठमाडौँ जेसीज २०२२ का अध्यक्ष अनुप सुनुवार, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रिशा श्रेष्ठलगायतको सहभागिता रहेको शाखाकी अध्यक्ष इच्छा गुरुङ शाहले बताउनु भयो । कार्यक्रमको सञ्चालन महासचिव सुजन श्रेष्ठले गर्नु भएको थियो ।

सप्ताह अन्तर्गत ४ गते शनिवार वातावरण संरक्षण हाम्रो दायित्व भन्ने नारासहित सरसफाइ, ५ गते हिंसा रहित समाज निर्माणमा हाम्रो दायित्व नाराका साथ अन्तरक्रिया, १० वगते एइइ स्टारका प्रतियोगिहरुलाई व्यक्तित्व विकास सम्बन्धि तालिम, आन्तरिक प्रर्यटन प्रबद्र्धन गरौ भन्ने नाराका साथ हाइकिङ, १३ गते स्वास्थ्य जीवनको लागि भन्ने नाराका साथ योगाभ्यास र असार १५ गते किसानसँग असार १५ को कार्यक्रमसहित सप्ताहको समापन गरिने शाखाकी अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com