२०७९ मंसिर १३, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, आषाढ १०, २०७९    ७:३३:५३

दमक उद्योग वाणिज्य संघले बिहीबार एकदिने रोजगारी मेला आयोजना सम्पन्न गरेकोछ।

एक दिने रोजगार मेलाको उद्घाटन सत्रमा बोल्दै अतिथिहरुले देशलाई आर्थिक संकटबाट जोगाउन देशभित्र रोजगारी र उद्यमशीलताको विकास जरुरी रहेको सुझाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डीराज ढकालले कोरोना महामारीपछि छिमेकी देशहरुमा आर्थिक मन्दी आउँदा अर्थतन्त्र संकटमा परेको भन्दै यसबाट नेपालले पाठ सिक्नुपर्ने बताए ।

युक्रेन–रूस युद्ध, पेट्रोलियम पदार्थको मुल्यवृद्धि जस्ता कारणले अन्तर्राष्ट्रिय बजार संकटमा परेको भन्दै ढकालले नेपाललाई आर्थिक संकटबाट जोगाउन उत्पादनशील क्षेत्रमा लगानी बढाउन तथा रोजगारीका अवसर सिर्जना गर्न जरुरी रहेको जिकिर गरे ।

महासंघका पूर्व केन्द्रीय सदस्य प्रकास प्रसाईले स्थानीय स्तरमा नै रोजगारी सिर्जना हुन सके व्यापार घाटा कम भएर जाने सुझाव दिए ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र उपप्रमुख रेगीना भट्टराई प्रसाईले रोजगारी तथा उद्यमशीलताको विकासका लागि स्थानीय सरकारले प्राथमिकता दिएको बताए ।

कार्यक्रममा आयोजक दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले दमक औद्योगिक लगानीका लागि उपयुक्त र सुरक्षित स्थान रहेकाले यहाँ लगानी बढाउन ठूला उद्योगीहरुलाई आह्वान गरे ।

बेरोजगार युवा, अध्ययनरत विद्यार्थी र रोजगारदाबीच साझा थलोको रूपमा रोजगार मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक भरत चम्लागाँईले जानकारी दिए ।

कार्यक्रमको दोश्रो खण्डमा उद्यमीहरु उमेशलाल श्रेष्ठ, भोलेश्वर दुलाल, टीका ढकाललगायतले रोजगारीको अवस्था, आवश्यकता, सम्भावनालगायतका बारेमा प्रकाश पारेको आयोजक समितिका सचिव प्रकास अधिकारीले जानकारी दिए ।

यस्तै दमककै व्यवसायिक पशुपालक किसान सुदिप गौतम, भगवान बस्नेत, विक्रमकुमार साह, खोम बगाले थापाले आफ्ना अनुभव, रोजगारीको अवस्थाका बारेमा बोलेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com