२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, आषाढ १०, २०७९    ८:२८:४८

गायक मोहितवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘भटक भटक’ बोलको उक्त गीतमा गायिका मेलिना राइले उनलाई साथ दिएकी छन् ।

डान्सिङ फ्लेबरमा रहेको यस लभ सङमा अभिनेता नाजिर हुसेन र मोडल आश्मा विश्वकर्माले एकसाथ कम्मर मर्काएका छन् । आश्माको कामुक नृत्यले भरिएको गीतलाई सरोज ओलीले लेखेका हुन् । ओलीका अनुसार यो यसअघिको उनको हिट गीत ‘ए है माया’ कै दोश्रो संस्करण हो ।

 

कोभिड महामारीले थिलथिलो बनेको गीत–संगीत उद्योगमा गायकसमेत रहेका ओलीले कोरोना सचेतनासँग जोडेर ‘ए है माया’ बोलको गीत लिएर आएका थिए । जसलाई युटुयुबमा तीन करोडभन्दा बढी पल्ट हेरिएको छ ।

‘भटक भटक’ पनि दीपक शर्माले नै संगीत भरेका छन् । श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन् ।

भुपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर रहेको गीतको म्युजिक भिडियोलाई विक्रम स्वारले निर्देशन गरेका छन् । ‘ए है मायाजस्तै रोमान्टिक छ–भटक भटक । दर्शकले पक्कै रुचाउनुहुनेछ’, गीतकार ओली विश्वस्त छन् । गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको हो ।हरिवंश आचार्यका सुपुत्र रहेका मोहित कलाकार पनि हुन ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com