१६ असोज । वडादशैँ लगायत आउदै गरेको चाडपर्वहरुको अवसर पारेर इलामको चुलाचुली गाउँपालिकामा नेकपाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चुलाचुली वडा नम्वर ४ कमिटीले आयोजना गरेको कार्यक्रममा चुलाचुलीको मुख्य बजार आईतबारे बजार, चुलाचुली ४ मा रहेका विद्यालय, मठ मन्दिर, माङ्खिम, माङ्हिम, चर्च तथा मुख्य सार्वजनिक स्थलमा सरसफाई गरिएको हो ।
नेकपा चुलाचुली ४ न. वडा कमिटीले आयोजना गरेको सो कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल सहित नेकपाका नेताहरु साथै स्थानिय युवाहरु, समाजसेवी, बुद्दिजिवी तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो । सोहि अवसरमा बडादशैं, शुभ दिपावली तथा छैठपर्वको शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न भएको छ ।