२०७९ साउन २६, बिहिबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, आषाढ १४, २०७९    २१:११:०७

काठमाडौँ — नवौं संस्करणको ‘मिस्टर एण्ड मिस एसईई आईकन, २०२२’ को शीर्ष ताज आयुष थापा र प्राप्तिसिंह राठौरले पहिरिएका छन्। एएनपी मिडिया हाउसद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘मिस्टर एण्ड मिस एसईई आईकन’को अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै थापा र राठौरले क्रमश: मिस्टर र मिस तर्फको शीर्ष ताज पहिरीएका हुन् ।

बिजेताले उपाधीसंगै एनपी मिडिया हाउसको ब्रान्ड एम्बासडर, सामसुङ्ग स्मार्ट मोवाएल, नेपाल एयरहोस्टेस एकेडेमीमा शैक्षिक छात्रवृत्ती, बिभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा मोडलिङको अवसरसहित अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

त्यस्तै आदित्य बोहोरा र अंशिका  बस्नेतले फर्स्ट रनरअपको ताज हात पारे भने अमिश श्रेष्ठ र आश्मा  गुरुङले क्रमशः मिस्टर र मिस तर्फबाट सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। सजिल जंग बस्नेत र एल्जु  रिजालले थर्ड रनरअपको उपाधी जित्दा कृषा पौडेलले फोर्थ रनरअपको उपाधी आफ्नो पारिन। त्यसैगरी विधागत तर्फ ग्लोवल अनलाईन पे मार्फत गरिएको अनलाइन भोटिङ्गमा सर्वाधिक भोट प्राप्त गर्दै  आयुषा  बजगाईं र राजीव बिक्रम शाहले मस्ट पपुलरको अवार्ड हात पारे भने निश्मा  तामाङ र आयुष थापा पब्लिक चोईस घोषित भए ।

सुमी बानियाँको कोरियोग्राफी रहेको उक्त प्रतियोगितालाई रोजिन शाक्यले संचालन गरेका थिए। लोमस बहादुर कार्की र लविस कुमार कार्की को ईभेन्ट व्यवस्थापनमा सम्पन्न कार्यक्रमको को अर्डिनेटरमा शम्भुप्रसाद रेग्मी रहेका थिए। प्रतियोगिताको निर्णायकमा गोल्डेन गेट कलेजका संस्थापक प्रिन्सिपल तथा हिसान अध्यक्ष रमेश सिलवाल, एलआरआई स्कूलकी संस्थापक प्रिन्सिपल यशोधरा पन्त, ओमेगा कलेजका संस्थापक प्रिन्सिपल डिबि छेत्री, डा सुशिला मल्ल र समाजसेवी श्रीनेहा पोखरेल रहेका थिए।

एसइई परीक्षा दिएर बसेका छात्रछात्राहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार नवौं संस्करणको ‘मिस्टर एण्ड मिस एसईई आईकन’ सम्पन्न गरिएकोआयोजक संस्था एएनपी मिडिया हाउसका अध्यक्ष लव बहादुर कार्कीले जनाए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com