२०७९ साउन २६, बिहिबार
Close
अविन मेयाङवो मंगलबार, आषाढ १४, २०७९    १९:००:०२

दमकमा “पठन संस्कृतिको बिकास संगै सकारात्मक सोच सहितको सु-संस्कृत युवा नेतृत्व”भन्ने उद्देश्य सहित सरुवात भएको दमक पब्लिक लाइब्रेरी हुँदै डाइनेमिक पब्लिक लाइब्रेरीसम्म आइपुगेको छ।आज भन्दा करिब १० बर्ष अघि बि.स. २०६९ असार १४ गते सो संस्थाको स्थापना भएको हो।आज सोही संस्थाको ११औं स्थापना दिवस कार्यक्रम  गोर्खा डिपार्टमेन्टको हलमा सम्पन्न भएको छ।

कार्यक्रमको औचित्य स्पष्ट पर्ने क्रममा प्रकाश अधिकारीले हामीले ११औं स्थापना दिवस आज दमक लगायत विभिन्न सहरहरुमा मनाउदैछौ।यहीँ कार्यक्रमबाट हामीले कति जना सक्छौ बर्षमा त्यति जना बिद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गर्ने  अझ धेरै भन्दा धेरै शाखा बिस्तार गर्ने पठन संस्कृतिको बिकास गर्ने हाम्रो मुलतः आजको कार्यक्रमको उद्देश्य रहेको प्रस्टाउनु भयो।

प्रमुख अतिथि दर्लामीले कार्यक्रममा डिपिएलको वेब साइट dpl.org.npको औपचारिक सुरुवात गर्दै कार्यक्रमको उठघाटन गर्नु भएको हो।

कार्यक्रममा ८ जनालाइ डिपिएल नेपाल नेसनल टिममा औपचारिक रूपमा मनोनीत गरिएको थियो।मनोनीत  ८ जनालाइ भेषराज न्यौपानेले कार्यक्रममा नै  सपथ ग्रहण गराएको थिए।

कार्यक्रममा स्वागत मन्तव्य बिनोद उप्रेती डिपिएल नेसनल युथ बोर्ड  निबर्तमान अध्यक्ष साथै कार्यक्रमको अध्यक्षता भेष राज न्यौपाने डिपिएल संस्थापक अध्यक्ष
र कार्यक्रमको प्रमुख अतिथि कृषि मन्त्री प्रदेश न.०१ मा.झलक सिंह दर्लामी रहनुभएको थियो भने कार्यक्रममा
अतिथी  इलाका प्रहरी कार्यलय दमकका डिएसपी, गगन पुरी १.न.प्रदेश कोषाध्यक्ष,नेकपा माओवादी केन्द्र,गोकुल श्रेष्ठ,दमक उधोग बाणिज्य संघ,बिरेन्द्र बस्नेत,नेकपा माओवादी १.न. प्रदेश सदस्य,कर्म पुलामी,वाइसीएलका १न.प्रदेश अध्यक्ष र कार्यक्रम संचालन देबेन्द्र प्रसाईं डिपिएल नेपाल महासचिवले गरेका थिए।कार्यक्रममा अतिथि व्यवस्थापन डिपिएल नेसनल युथ बोर्डका महासचिब प्रविन पाठकले गरेका थिए।

डिपिएल युथ टिम दमक च्याप्टरले बिहानको समयमा रिले बूक  रिडिङ एन्ड बूक कलेक्सन क्याम्पियन दमकको नमुना मार्गमा सम्पन्न गरेको थियो। 

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com