२०७९ साउन २६, बिहिबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, आषाढ १८, २०७९    १९:००:३७

राष्ट्रिय कृषि बंधुवा मजदुर संघर्ष समितीले रिपोर्टस कलबमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय हरवाचरवा अधिकार मन्चका संयोजक राजवती मंडलले चाडो भन्दा चाडो हाम्रो माग सम्बोधन होस।२१ बर्ष भयो हामीले भनेको।अब पनि हाम्रो माग सम्बोधन नभए आफुहरु कडा भन्दा कडा आन्दोलन गर्न पनि पछि नहट्ने बताए।

त्यस्तै कार्यक्रममा बोलदै मुक्त कमाइया समाजका संयोजक पशुपति चौधरीले २०५२/श्रावण २ गते कमैया मुक्त गरेको हो तर २२ बर्षसम्म पनि पुर्न रुपमा कमैया मुक्त हुन सकेको छैन।यो कुरामा आफुहरुको मौलिक हकको हनन भएको ठहर भएको बताएका छन।
मुक्त कमाइयाहरुलाइ अझै पनि पुर्न रुपमा परिचय पत्र उप्लब्ध भएन जतिलाई उप्लब्ध गराइयो त्यतिको पनि राज्यले/सरकारले उचित व्यवस्थापन गर्न सकेन।पुर्न :स्थापना गरिनुपर्छ भन्ने हाम्रो माग हो।हामी समस्याहरु मात्र देखाउदैन तर त्यसको विकल्प पनि दिन्छौ।यो समस्या ३ महिना भित्र हल गर्न सकिन्छ विकल्प,समस्या हल गर्न सक्ने क्षमता आफुहरुसंग भएको चौधरीले बताए।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल संयोजक राजुराम भुलले यो मुद्दालाइ यो हदको उच्चसम्म पुर्याउन पनि नागरिक समाज र पत्रकारहरुकै हात भएकोले अझ यसलाइ सशक्त आवज बनाइ छरिदिन आग्रह गरेका छन।सरकारले चाहयो भने हाम्रो मागहरु १ बर्षैमा सम्बोधन गर्न सक्छ।अहिले हलियाहरुको बिचल्ली भएको छ।बाकी रहेको हलियाहरुलाइ कहिले  परिचयपत्र बितरण गर्ने।हामी यो देशको नागरिक हौ कि हैनौ भन्दिनुपर्यो सरकारले /राज्यले।हामी अब आउने चुनाबमा भोट हाल्दैनौ हाम्रो माग सम्बोधन नगर्ने हो भने ।पाच जना कार्यदलको समितीले सिफारिस गरेको कुरालाइ अध्यन गरेर माग सम्बोधन गर्न उनले सुझाएक छन।

अधिकार कर्मी बालाराम भट्टराईले प्रेस वक्तव्य बाचन गरेको थिए  भने उनले वक्तव्य बाचन गर्न अघि यसो बताए:”हामीले बिडम्बना साथ भन्नुपर्छ अझै पनि बंधुवाको कुरा गर्नु परेको छ।दाङको कमैया,हलियाहरु मुक्त हुँदै गर्दा सुर्खेतको कमैया,हलियाहरुले थाहा पाएनन।हामीले पनि देख्न सकेनौं त्यो तपाईं हाम्रो गल्ती  थियो।२२ बर्ष अगाडि यहि हलमा बसेर यहि कुरा उठाएको हौ अझै २२ बर्ष पछि त्यही कुरा दोहोराउनु पर्ने कस्तो बिडम्बना हो यो हाम्रो?”

माग सम्बोधन नभए के गर्नुहुन्छ भन्ने  पत्रकारको प्रश्नमा पशुपति चौधरीले शान्तिपुर्ण आन्दोलनबाट आफ्नो कुराहरु राख्ने र फेरि पनि नसुने सशक्त आन्दोलन गर्ने बताए।

भोट नहाल्दा समस्या हल होला त भन्ने पत्रकारको प्रश्नमा
भुलले जितेको नेताहरुले  हाम्रो माग नै सम्बोधन गर्दैन भने हामिले किन भोट हाल्ने?हाम्रो आफ्नै उम्मेदवार उठाउछौ र जितौछौ।

संघर्ष समितिको संयोजक दर्शन मण्डलले एउटै देशमा दुइटा कानुन देखेर हामलाइ बडो अचम्म लागेको छ।म सरकारसम्म पटक पटक ज्ञापनपत्र लिएर निबेदन गरेको छु तर सरकारले हाम्रो कुरा सुनेन।मन्त्रीहरुले आफ्नो कुरा सुनेन।हाम्रो समस्या देखेन यो सरकारले हामिलाइ भोट ब्यंकरको रुपमा मात्र प्रयोग गरेको प्रती खेद प्रकट गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com