अनेरास्ववियु नगर सम्मेलनको आयोजक कमिटी सह-संयोजक एकता पोखरेलको अध्यक्षतामा अनेरास्ववियु गौरादह नगर सम्मेलन आज सम्पन्न भएको छ ।
उक्त अधिबेशनबाट पुर्ण बहादुर रानाको अध्यक्षमा ३९ सदस्य समिति सर्वसम्मत चयन भएको छ ।उक्त समितिको नामावली अध्यक्ष पुर्ण बहादुर राना ,उपाध्यक्ष नवीना सुवेदी ,सचीव तुलसी राम पौडेल (पाेखरा पल्टन),सह सचीव आशिष बिमली,टिकाराम बास्कोटा (अविरल),बिन्दा भट्टराई ,काेषाध्यक्षमा निर्देश पोखरेल
लगायत ३३ सदस्य समिति गठन भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै अनेरास्ववियु जिल्ला सदस्य प्रविन पाठकले सम्पुर्ण नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ बधाइ तथा शुभकामना दिदै अब गौरदहको प्रत्येक क्यामपसमा अनेरास्ववियुको नारा गुन्जिनु पर्ने र परेको आवश्यक सहयोग आफुले गर्ने बताए।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले बिद्यार्थीको मुद्दा बिद्यार्थीको समस्या उठान गर्ने एक मात्र संगठन अनेरास्ववियु भएको बताउनुभएको छ।अनेरास्ववियुले आफ्नै सरकारले बढाएको महंगै विरुद्ध पनि आवाज उठाउछ र यसले बिद्यार्थीको हितमा मात्र काम गर्ने बताए।
कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय सचिव डम्बर अधिकारी ,अतिथि अनेरास्ववियु केन्द्रीय सदस्य तथा नेकपा एमाले झापा जिल्ला सदस्य समर्पण खतिवडा ,नेकपा एमाले गौरादह नगर अध्यक्ष मित्रदेव काफ्ले ,नेकपा एमाले गौरादह नगर सचिव जीवन कार्की ,अनेरास्ववियु केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज कमल पौडेल ,अनेरास्ववियु झापा जिल्ला सदस्य प्रविन पाठक र अनेरास्ववियु झापा जिल्ला सदस्य तथा गौरादह इन्चार्ज बिक्रम कुमार तिवारी को उपस्थितिमा अधिबेसन समपन्न भएको छ।कार्यक्रम सचलन तुलसि राम पाैडेलले गर्नु भयेकाे थियो ।