२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, आषाढ २८, २०७९    ८:२७:२३

-डा.डिआर उपाध्याय,

अहिले श्रीलंकाको अबस्था चिन्ताजनक छ। श्रीलंका चरम आर्थिक संकटमा फसेको छ । कुनै बेला श्रीलंका आर्थिक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दक्षिण एसियाली मुलुकहरूमा अग्रस्थानमा थियो। तर, अहिले श्रीलंकाको भविष्य अन्योलमा छ। श्रीलंकामा त्यहाँका राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास नै छाडेर भाग्नुपर्‍यो। स्वेच्छाचारी शासकीय प्रवृत्तिका कारण नै श्रीलंकाले यो हविगत व्यहोर्नु परेको हो। सेनाप्रमुखले शान्ति कायम गर्न आह्वान गरेका छन्। श्रीलंका पुरानो अवस्थामा फर्कन कति समय लाग्ने हो कुनै निश्चित छैन ।

मुलुकलाई यो अवस्थामा ल्याइपुर्‍याउन राजापाक्षे सरकार नै मुख्य जिम्मेवार हो। श्रीलंकासँग नेपालको तुलना हुन थालेको छ। सरकारका कतिपय काम कारबाहीले शंका उत्पन्न गराएको छ । समयमै राजनीतिक नेतृत्व र नेपाली जनता सचेत हुनुपर्ने आवश्यकता देखिएको छ। श्रीलंका टाट पल्टनुका विभिन्न कारण छन्। शासकीय अव्यवस्था, आर्थिक अपारदर्शिता, भ्रष्टाचार, परिवारवादलगायत विभिन्न कारण छन्। श्रीलंका अहिले टाट पल्टिएर स्कुल खोल्न नसक्ने अवस्थामा पुगेको छ। नेपाल पनि त्यस्तै हुने हो की भन्ने चिन्ता लागेको छ ।

हाम्रो देशको शासन सत्तामा बसेकाहरूको सोच र व्यवहार परिवर्तन हुन सकेको छैन । विदेशी ऋणको भार थेग्न नसकेर श्रीलंका टाट पल्टिएको हो। श्रीलंकामा ७० प्रतिशतभन्दा ज्यादा वैदेशिक ऋण थियो। त्यसलाई तिर्न आवश्यक वैदेशिक मुद्राको सञ्चिति भएन। श्रीलंकाले वैदेशिक मुद्रा नभएर कुनै पनि सामान किन्न पनि सकेन।

राज्य असफल अवस्थामा पुग्यो। त्यस्तो अवस्था ल्याएको दुई दशकदेखि एकछत्र सत्तामा राज गरेको राजपक्ष परिवारले हो। नातावाद, कृपावाद र परिवारवादले शासन कब्जा गर्‍यो। जसले गर्दा मुलुक बर्वाद बनायो । हाम्रो देशको कुरा गरौ, प्रदेश सरकारले पनि जथाभावी खर्च गरिरहेका छन्। राष्ट्रको ढुकुटीको दुरुपयोग भएको छ।

संघीय र प्रदेश सरकारका स्वच्छाचारी गतिविधि बढ्दै जाने हो भने नेपाल पनि श्रीलंकाकै बाटोमा जाने निश्चित हो। महँगी बढेको छ। उत्पादन क्षेत्रमा लगानी हुन सकेको छैन। अहिलेसम्म भयवह अवस्था भइसकेको छैन। अब विगतमा भएका गल्तीलाई सच्याएर अघि बढनु पर्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com