२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, साउन ०७, २०७९    ७:३६:२९

-डा.डिआर उपाध्याय,

काठमाडौं । फेरी नेपालका कम्युनिस्ट पार्टी एकीकरण हुने हल्ला चलेको छ । बास्तबिकता के हो बिस्तारै खुल्दै जाला । पार्टीहरु फुटनु भन्दा जुटनु नै राम्रो हो तर स्वार्थका लागी पार्टी जुटे पनि फेरी फुटने खतरा छ । नेपालका कम्युनिष्ट पार्टी धेरै पटक फुटे धेरै पटक जुटे । कम्युनिष्टहरु फुटने र जुटने श्रृखला लामो छ । कम्युनिष्टहरु एक आपसमा मिल्न सक्दैनन् । सबै भन्दा ठूलो समस्या यो हो । नेपालका सबै कम्युनिष्टहरु मिलेर एउटै पार्टी बनाउने हो भने दुई तिहाइ भन्दा धेरै जनमत छ । यो कुरालाई सबैले स्वीकार्न सक्नु पर्छ । कम्युनिष्ट नेताहरुमा शव्द जाल फाल्ने क्षमता छ । त्यो क्षमताले कार्यकर्ताहरु अडिएका छन ।

पार्टी भित्र आफना कार्यकर्ताहरु अडाउन भए पनि दर्शन र शिद्धान्तका कुरा बढी मात्रमा हुने गर्दछन । यति बेला संचारमाध्यममा नेपालका कम्युनिस्ट पार्टी मिल्ने चर्चाले राम्रै ठाउँ लिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी समाजवादी केन्द्र राख्न प्रस्तावसमेत गरेको समाचार बाहिर आएको छ । पुष्पकमल दाहाल र डा बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणका बिषयमा छलफल भएको कुरा पनि चर्चामै छ । कम्युनिष्टहरु मिलेर एउटै पार्टी बनाउने कुराले राजनीति तातेको छ । कम्युनिष्ट मिल्दा नेपाली काँग्रेसलाई राजनीति घाटा हुने धेरैले अनुमान गरेका छन । त्यसो भएर पनि काँग्रेस कम्युनिष्टहरु नमिलुन् भन्र्ने चाहानामा छ ।

माओवादी केन्द्र, भट्टराईको जसपा, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच पार्टी एकीकरण गरेर नेकपा समाजवादी केन्द्र गठन गर्न प्रचण्डले प्रस्ताव नै गरेको समाचार नै बाहिर आएको छ । हुन त एकताका कुरा पटक पटक उठने र सेलाउँदै जाने गरेका छन । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताले ‘पार्टी एकीकरणका बारेमा छलफल गरेका छन् भन्र्ने कुरा छ ।

आगामी निर्वाचनअघि नै नेपालका कम्युनिस्ट पार्टीबीच एकीकरण भयो भने के होला ? के नेपालका कम्युनिस्ट पार्टीबीच एकीकरण भयो भने बहुमत आउला ? सबै कम्युनिष्ट मिलेर एउटै पार्टी बनाउने हो भने पक्कै बहुमत मात्र होइन, दुईतिहाइ नै आउछ । यो कुरा उनीहरुलाई पनि थाहा छ तर मिल्न मिल्दैनन् । कम्युनिष्टहरु आपसमा फुटेर सकिने गरेका छन । साना साना समूहमा बिभाजित कम्युनिष्हरु एक ठाउँमा आउने हो भने राजनीतिमा ठूलै तरंग आउने छ ।

एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, नेकपा मसाल, बैद्य, बिप्लवको पार्टी लगायत सबै मिलेर एउटै पार्टी बनाउने हो भने देशमा कम्युनिष्ट शासन लामो समय सम्म चल्ने छ । कम्युनिष्ट नेताहरु पद, प्रतिष्ठा र ब्यक्तिगत टकरावले फुटने गरेका छन । यसले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको छ र अझै कमजोर बनाउँदै जाने छ । एमाले भित्र पनि कम्युनिष्ट पार्टी बीच एकता हुनु पर्ने कुरा उठेकै छ । घनश्याम भुसाल लगायतका युवा नेताहरु यसमा बहस गरिरहेका छन । फेरि एकपटक कम्युनिष्ट पार्टी मिलेर चमात्कार देखाउनु पर्ने युगले माग गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com