झापा / आमुल परिवर्तन मसिह पार्टि झापाले जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विर्तामोडमा भएको भेलामा पार्टीका केन्द्रिय अध्यक्ष भरत गिरीको प्रमुख आतिथ्य तथा १ नम्बर प्रदेश संयोजक मन खुदाङ लिम्बुले अध्यक्षता गर्नुभएको थियो ।
कार्यक्रम खेम बिस्टले संचालन गरेका थिए भने केन्द्रीय सदस्य डि. बि. तामाङले स्वागत मन्तव्य राखेका थिए।
जिल्ला भेलामा डा. कपिल मणि मिश्र, तिमोथि राई, भिम चौधरि, एन.बि.राईले अब इसाई लगाएत अल्पसंख्यक, पिछडिएका,दलित साथै गरिबहरुको मुक्ति र भ्रस्टाचार तथा पक्षपात नगर्ने यदि गरेमा ईश्वर रिसाउनुहुन्छ र स्वर्ग गुम्छ भनेर डराउने व्यक्ति तथा त्यसता पार्टीले मात्र देश बनाउने भएकोले अब मसिहा पार्टि नै जनताको आशाको केन्द्र बन्न सक्ने बताएका थिए ।
एपि मसिहा पार्टीका केन्द्रीय अध्यक्ष गिरीले जिल्ला भेलालाई सम्बोधनको क्रममा भने, विगत छ वर्ष देखि हाम्रा गतिबिधि हेर्दै मुल्याङ्कन गर्दै आउनुभएकोले यो पार्टिको नेतृत्वको जिवन र सेवकाई हेर्दै आउनुभएकोले अब एपि मसिह पार्टीलाइ सम्पुर्ण झापाबासीले माया, प्रेम साथ र सहयोग गरी अब आउने निर्वाचनमा बहुमत साथ विजय गराउन अनुरोध गरेका छन ।
नेपाली जनताले एपि पार्टीलाई जिताएमा खाडि जाने, युरोप तथा अमेरिका लगाएत विदेशीनु पर्ने बाध्यता हट्ने, साथै शिक्षा र स्वास्थ निशुल्क : गराउने , राज्यले पुरै दायित्व लिने परिपाटी सुरु गर्ने समेत ठोकुवा गर्नुभएको थियो।कार्यक्रमले झापा जिल्ला अध्यक्षमा दिल बहादुर तामाङ सहित १७ सदस्य समिती गठन गरेको छ भने मसिह युवा संगठनको जिल्ला संयोजकको जिम्मेवारी भिम चौधरीलाई प्रदान गरेको छ ।