२०७९ आश्विन १६, आइतबार
Close
अविन मेयाङवो आइतबार, साउन २२, २०७९    ९:०४:५५

विराटनगरमा सञ्चालित तीन दिने सामुदायिक स्काउट क्याम्पमा शनिवार क्याम्प फायर सम्पन्न भएको छ । शुक्रवारदेखि बिराटनगर वडा नं १२ सम्पन्न बस्तीमा सुरु भएको क्याम्पमा शनिवार राति क्याम्प फायरको आयोजना गरिएको थियो।

नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मोरङ युनेस्को केन्द्र प्रदेश १ को आयोजनामा सम्पन्न बस्तीमा क्याम्प फायर जारी आयोजना भएको थियो। विद्यार्थीहरूलाई आत्मरक्षाको पाठ सिकाउन तथा सामाजिक कार्यमा सक्रिय बनाउनका लागि नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मोरङ युनेस्को केन्द्र प्रदेश १ को आयोजनामा क्याम्प सञ्चालन गरिएको हो ।

क्याम्प फायर कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले क्याम्प फायरले आफूभित्रका डर तथा त्रासलाई हटाई म केही गर्न सक्छु भन्ने जोस पैदा गर्ने बताए । क्याम्पमा मोरङ जिल्लाका विभिन्न १७ वटा विद्यालयका स्काउटर विद्यार्थीहरू, शिक्षक, रोबर–रेन्जर लगायतले सहभागिता जनाएका थिए । विद्यार्थीले अतिरिक्त क्रियाकलापका साथै विभिन्न प्रतियोगितामा सहभागिता जनाएका थिए ।

  • क्याम्पको आइतबार(आज) समापन गरिने आयोजक समितिले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com