२०७९ आश्विन १६, आइतबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, साउन २५, २०७९    ७:१३:४८

-डा.डिआर उपाध्याय,

काठमाडौं । संघीय र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएको छ । निर्वाचन मिति घोषणा संगै बिभिन्न राजनीतिक दलहरु चुनाव केन्द्रित बन्न थालेका छन । आजको मिति सम्मको कुरा गर्ने हो भने संघीय र प्रदेशसभाको चुनावमा पनि सत्ता गठबन्धन दलहरु मिलेरै चुनावमा जाने कुरा गरिरहेका छन । उनीहरुको चाहना के हो भने जसरी हुन्छ एमालेलाई कमजोर बनाउने र चुनाव पछि मिलिजुली फेरि सरकारमा जाने र मिलेर खाने यो बाहेक गठबन्धनको अरु कुरा केही देखिएन । लोकतन्त्रमा दलहरु एक्ला एक्लै प्रतिष्प्रर्धा गर्नु पर्ने हो, मिलेर चुनाव लडनुको के अर्थ ?

यसले राजनीतिक अस्थिरता निम्त्याउने बाहेक अरु केही गदैन । नेकपा एमालेलाई कमजोर बनाउन खोज्दा के मुलुकको राजनीति अस्थिरता तर्फ त जादैन ? यो प्रश्न भोली गम्भिर रुपमा उठने छ । बिगत लामो समय देखि सत्ता र शक्तिमा रहेकाहरुले मुलुकको भबिश्य बनाउन सकेनन् । आम नेपाली जनता बिकल्पको खोजिमा पनि छन । पुराना दलहरुले अवसर पाएर पनि मुलुक बनाउन सकेनन् । लामो समय देखि नै जनतामा एक खालको बितृष्णा पैदा भइरहेको छ । आज हामीले देखिरहेका छौं , चुनाव भन्ने चिज खर्चिलो र महंगो बन्दै गएको छ । संसदमा समेत यो कुरा उठ्यो । पैसा नभएका नेताहरु उम्मेदवार बन्न आँट गर्न सकिरहेका छैनन् ।

लोकतन्त्रको आधारशीला आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, व्यवस्थापिका–संसद् र क्रियाशील कार्यपालिका हुन्। लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो । दलहरु बिग्रिदा लोकतन्त्र कमजोर बन्न सक्छ । दलहरुले जनतालाई बिश्वास दिलाउन सक्नु पर्छ । त्यसो भयो भने मात्र ब्यवस्था बलियो बन्न सक्छ । लोकतन्त्रमा निर्वाचन देखि कोही भाग्नु हुदैन । लोकतन्त्रमा बिश्वास गर्ने सबैले निर्वाचनमा भाग लिनु पर्छ । राम्रा जनप्रतिनिधि छान्नका लागी बुझेर मात्र आम नागरिकले मतदान गर्नु पर्ने हुन्छ । प्रदेश तथा सङ्घीय चुनावमा सक्षम, शिक्षित तथा नेतृत्व लिन सक्ने युवा तथा महिलालाई अघि सार्नुपर्छ । चुनावमा जादा जनतालाई आश्वासन मात्र बाँढने जुन राजनीतिक पार्टीहरुको परम्परा छ त्यसले पार्टीहरुलाई घाटा पुयाइरहेको छ ।

चुनावमा आश्वासन बाँढने चुनाव जितेर गए पछि त्यसको कुनै मतलव नगर्ने हाम्रा राजनीतिक दल र नेताहरुको बानी छ । यो राम्रो पटक्कै होइन, आफूले पुरा गर्न सक्ने आश्वासन मात्र दिनु पर्छ । आफनो पक्षमा भोट तान्नलाई जे मन लाग्छ त्यस्तो आश्वासन दिनु भनेको जनबिश्वास गुमाउनु हो । यो कुरामा सबै राजनीतिक पार्टी र तिनका नेताहरु सचेत हुन जरुरी छ । अब जनताले भाषणलाई आधार मानेर बिगतमा जस्तै भोट दिइहाल्छन भन्ने सोच कुनै पनि नेताहरुले नराखे हुन्छ । अहिलेका जनता धेरै सचेत भइसकेका छन । अब जनताले उधारो आश्वासन होइन, परिणाम खोजेका छन । अब राजनीतिक दलहरु चुनावमा जादा परिणाम लिएर जान सक्नु पर्छ । पटक पटक सरकारमा गएर पनि प्रमुख दलहरुले केही गर्न सकिरहेका छैनन् ।

जनतामा निराशा मात्र छ । महंगी बढेको बढै छ । युवाहरुले रोजगारी पाउन सकिरहेका छैनन् । नेपाली काँग्रेस समेत एक्लै चुनाव लडने आँट गर्न सकिरहेको अबस्था छैन । माओवादी र नेकपा एकिकृत समाजवादी पार्टी एक्लै चुनावमा जान नसकेर गठबन्धन जोगाएर जान खोजेका छन । निर्वाचन आयोगले सरकारले गरेको निर्णय बमोजिम चुनाव गराउन तयार रहेको प्रतिक्रिया दिएको छ । सरकारको निर्णयपछि चुनावबारे छाएको एक खालको अन्योल हटेको छ । अब सिंगो मुलुकको ध्यान चुनाव तर्फ केन्द्रित हुने निश्चित छ । चुनावमा सत्ता गठबन्धन कायम रहने सम्भावना बढी छ । नेकपा एमालेविरुद्धको गठबन्धन हो यो । अघिल्लो चुनावमा कांग्रेसविरुद्ध गठबन्धन भएको थियो । तर राजनीतिमा असम्भव केही हुन्न । कति बेला के हुन्छ यसै भन्न सकिदैन ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com