२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, आश्विन १२, २०७९    ११:१८:४५

काठमाडौं । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुनलागेको `नम्बरी सुन´ चलचित्रको पहिलो गीत रेकर्डिङ गरिएको छ । लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ । प्रमोद खरेल लगायत अन्य गायक,गायिकाहरुको स्वरमा अन्य गीत रेकर्डिङ हुनेछन् ।

झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ । लमजुङको भुज्रुङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा चलचित्रको छायाङ्कन गरिने छ । नारायण खाती प्रस्तुतकर्ता, निर्माता रहेको चलचित्रको कथा, गीत पनि उनकै रहनेछ । अन्तर्राष्ट्रिय बजारलाई हेरेर छायाङ्कन गर्न लागिएको चलचित्र `नम्बरी सुन´को निर्देशन राजुु गिरिले गर्ने छन् । चलचित्रको मुहर्तपछि कलाकारको जानकारी गराइने भए पनि पुराना र नयाँ कलाकारको मिश्रण रहनेछन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com