२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, आश्विन २०, २०७६    १५:४४:१९

 

असोज २०, २०७६ काठमाडौं : ओमनमा जारी पाँच देशीय टि-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा नेदरल्याण्डलाई चार विकेटले हराएको छ। नेदरल्यान्ड्सले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक बल बाँकी छँदै पूरा गरेको हो। ब्याटिङ र बलिङ दुवैमा करण केसी चम्किँदा नेपालले ४ विकेटले विजयी भएको हो। नेपालका लागि केसीले विष्फोटक ब्याटिङ गरे। उनले ३ छक्का र १ चौकाको मद्दतमा १४ बलमा नटआउट ३१ रनको योगदान दिए। यस्तै, कप्तान पारस खड्काले ३३ रनको योगदान दिँदा विनोद भण्डारीले २६ रन जोडे। त्यसैगरी, पवन सराफले ९, दीपेन्द्रसिंह ऐरीले ८ र आरिफ शेखले २ रन जोडे। बलिङमा नेदरल्याण्ड्सका रिलोफले २, ब्रान्डन ग्लोभर, पल भ्यान मेकिरेन र फ्रेड क्लासेनले एक/एक विकेट लिए। पहिले व्याटिङ गरेको नेदरल्याण्डले निर्धारित १९.३ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको हो।  नेपालको तर्फबाट सबैभन्दा बढी सन्दीप लामिछाने र करण केसीले समान ४/४ विकेट लिए। संदीपले चार ओभरमा मात्र २० रन दिए भने करणले ३.३ ओभरमा १७ रन दिएर चार विकेट लिएका हुन्। यसबाहेक ललित राजवंक्षीले १ विकेट लिए।  पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो। यस सिरिजमा नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। नेदरल्याण्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो। यस्तै, नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ। यसअघि नेदरल्यान्डसँग भएका ५ खेलमध्ये नेपालले ३ खेलमा पराजय बहोरेको छ भने एउटामा जीत निकालेको छ। एउटा खेल रद्ध भएको थियो। ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com